इरानको आणविक सम्झौता जोगाउन ईयूले थप प्रयास गर्ने

२२ पुस २०७७, बुधबार
Share this
749shares

२२ पुस, ब्रसेल्स।
युरोपेली संघ (ईयू)ले मंगलबार ईरान आणविक सम्झौतालाई भङ्ग हुन नदिन आफ्नो प्रयासलाई ‘दोब्बर पार्ने’ प्रतिबद्धता दोहोराएको छ । तेहरानले युरेनियम प्रशोधन प्रक्रियालाई बढाएर २० प्रतिशत पु¥याउन थालेको संयुक्त राष्ट्र सङ््घीय आणविक हतियार नियमनकारी संस्था बताएपछि ईयूले इरानलाई सन् २०१५ मा भएको आणविक सम्झौतालाई भङ्ग नगरोस् भनी आफ्नो कुटनीतिक प्रयासलाई दोब्बर गर्ने बताएको हो ।

Advertisement

ईयूका प्रवक्ता पीटर स्टानोले भन्नुभयो, “इयूले इरानले उठाएको कदमलाई ‘गहिरो चिन्तासहित’ ध्यान दिएको छ । “हामी सम्झौतालाई जोगाउनका लागि हाम्रो प्रयासलाई दोब्बर पार्नेछौं र सबै पक्षले आणविक सम्झौताको पूर्ण कार्यान्वयनका लागि मध्यस्थता गर्नेछौँ,” उनले भने ।
इरानसँगसंयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, रुस, चीन र बेलायतले आणविक सम्झौता गरेका थिए । अमेरिकाले सो सम्झौताबाट हात झिकेको घोषणा गरिसकेको छ भने इरानले पनि सम्झौता आफ्नो अधिकार कटौती गर्न मात्र लागु हुन नसक्ने भन्दै यूरेनियम प्रशोधन र भण्डारणलाई बढाउन थालेको छ ।

बाँकी राष्ट्र भने सो सम्झौतामा अडिग रहेका छन् । इरानले सम्झौताका बाँकी पक्षधर राष्ट्रलाई आफूहरुले सन् २०१५ को आणविक सम्झौताका केही अंशलाई निलम्बन गरेको एक वर्ष पहिले नै जानकारी गराएको बताउने गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top