बालश्रम उन्मूलन चुनौतीपूर्ण

काठमाडौँ : बल्खुको चिया, खाजा खुवाउने होटलमा आफूभन्दा ठूलो भाँडा माझ्नु कमल (नाम परिवर्तन) को रहर होइन । आफ्नो उमेर १० वर्ष बताउने कमलले पुसको कठ्याङ्ग्रिने जाडोमा समेत एकसरो कपडाको भरमा जुठा भाँडा माझ्नुपर्छ ।

बिहान ५ बजेदेखि राति १०÷११ बजेसम्म भाँडा माझ्ने र सरसफाइको काम चलिरहन्छ कमलको । यसरी काम गर्दा कमलले खाना र बसाइको पैसा तिर्नु पर्दैन र मासिक सात हजार रुपियाँ पारिश्रमिक पनि पाउनुहुन्छ । यो रकम घरमा बाबुआमालाई पठाउनुहुन्छ ।

मकवानपुर घर बताउने कमलका अनुसार उहाँ आफूसहित छ जना दाजुभाइ दिदीबहिनीसहितको परिवार छ । तर आर्थिक अवस्था कमजोर भएका कारण दुई जना दाजुदिदी पनि काठमाडौँमै होटलमा काम गर्नुहुन्छ ।

Advertisement

कलङ्की–रत्नपार्क चल्ने मिनीबसका सहचालक विमल (परिवर्तित नाम)लाई बसको ढोकामा झुन्डिँदै यात्रु बोलाउने बानी नै परिसकेको छ । हेर्दा १०÷११ वर्षको जस्तो देखिने विमल आफ्नो वास्तविक उमेर बताउनुहुन्न ।

निकै चलाख देखिने उहाँ भाडाको हिसाब गर्न खप्पिस हुनुहुन्छ । खाएर र बसेर मासिक १० हजार रुपियाँ तलब पाउने गरेको बताउने विमलको चाहना भविष्यमा राम्रो ड्राइभर बन्ने छ ।

Advertisement

त्यस्तै गोरखाका १२ वर्षीय सन्दीप (नाम परिवर्तन) काठमाडौँको कङ्लकीस्थित ग्यारेजमा काम गर्नुहुन्छ । आफ्नो तौल सोसरहको बढीको टायर ओल्टाइपल्टाइ गरी टाल्न सधैँ व्यस्त देखिने सन्दीपको तलब भने मासिक १३ हजार रुपियाँ छ । सन्दीप भन्नुहुन्छ, ‘‘आफ्नै पैसाले खाने–बस्ने गर्नुपर्छ । पैसा धेरै बच्दैन ।’

कानुनले कमल, विमल र सन्दीप तीनै जनाले गर्ने श्रमलाई जोखिमयुक्त बालश्रम भनेर परिभाषा गरेको छ । तर उहाँहरू भने विद्यालय जाने, पढ्ने र खेल्ने तथा अभिभावकको हेरचाह पाउनुपर्ने बेलामा जोखिमयुक्त बालश्रममा लाग्न बाध्य हुनुहुन्छ ।

उहाँहरू जस्तै ठूलो सङ्ख्यामा बालबालिका जोखिमयुक्त बालश्रममा छन् । दिगो विकास लक्ष्यले सन् २०२५ सम्म बाध्यकारी श्रम, बालश्रम निषेधित एवं निर्मूल गर्ने लक्ष्य लिएको भए पनि माथिका प्रतिनिधिमूलक पात्रको भोगाइले लक्ष्यमा पुग्न सजिलो देखिँदैन ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top