×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

अमेरिकामा खोपसँगै कोभिडको त्रासमा थपिएको आश

२२ पुष २०७७

२२ पुस, वाशिङ्टन डिसी ।

गत वर्षदेखि चीनबाट शुरु भएर विश्वभर फैलिएको कोभिड– १९ को त्रास खोपको आविष्कारपछि सहज बन्न थालेको छ । अमेरिकालगायत विश्वका विभिन्न देशमा यो खोप पुग्न थालेको छ । यसले झण्डै एक वर्षदेखि त्रासमा रहेको विश्व मानव समुदायलाई आशाको सञ्चार पनि गरेको छ ।

अमेरिकामा कोरोना विरुद्धको खोप सरकारी निकायले आकस्मिक प्रयोजनको लागि स्वीकृति प्रदान गरेर उपलब्ध हुन थालेको तीन साता मात्र भएको छ । अहिलेसम्म करिब २० लाख अमेरिकीले यो खोप लगाइसकेका छन् । यो समाचार तयार पार्दासम्म ६० लाख डोज खोप अमेरिकाको स्वास्थ्य सेवा प्रदायक निकायहरुमा उपलब्ध भएको छ ।

यही प्रक्रियाबाट कतिपय नेपालीहरुले पनि खोप लगाउन सफल भएका छन् । अमेरिकी सरकारको खोप वितरण सम्बन्धी नियमअनुसार पहिलो चरणमा पहिलो पङ्क्तिका स्वास्थ्यकर्मीहरु, ज्येष्ठ नागरिक सेवा केन्द्र र अत्यावश्यक सेवामा काम गरेकाहरु परेका छन् । अमेरिकाको केन्टकी राज्यमा बस्दै आएकी रेखा जोशी पनि त्यसरी खोप लगाउनेमध्ये एक नेपाली हुन् । उनले गत हप्तामात्र खोप लगाएको बताइन् ।

उनले आफनो अनुभव सुनाउँदै भनिन्, ‘‘मैले मेरो देब्रे पाखुरामा कोभिड १९ विरुद्धको खोप लगाएँ, त्यसपछि मलाई १५ मिनेट आराम गर्नको लागि भनियो । त्यहीअनुसार आराम गरेँ र निस्कन खोज्दा मलाई अनुहारमा पसिना आएको अनुभूति भयो । मैले मास्क खोलेर म्यानेजरको नजिक गएर पसिना आएको बताएँ तर मलाई केही बेरपछि थाहा भयो कि त्यो पसिना कुनै ‘साइड इफेक्ट’ नभएर मानसिक तनावको कारण रहेछ ।’

जोशीले भनिन्, ‘‘म धन्य रहेछु विश्वका करिब सात अर्ब मानिसले प्रतिक्षा गरिरहेको ऐतिहासिक खोपको पहिलो चरणमा नै लगाउने मौका मैले पाएँ ।’ उनले आफनो जन्मस्थानको परिवेशदेखि जीवन यात्रा सम्झिएर आफूलाई निकै भाग्यमानी ठानेको प्रतिक्रिया दिइन् ।

अमेरिकामा फूड एड ड्रग एडमिनिष्ट्रिेशनले अत्यावश्यक प्रयोगको लागि अनुमति प्रदान गरेको कम्पनीमध्ये मोडर्ना कम्पनीको खोप लगाउन थालिएको हो । यो खोप लिने रेखाजस्तै करिब २० लाख अमेरिकीले आफूहरुलाई भाग्यमानी सम्झिएका छन् । उनीहरुले आफ्ना अनुभवलाई विभिन्न माध्यमबाट व्यक्त पनि गरिरहेका छन् ।

कुराकानीको क्रममा उनले सरकारी मापदण्डअनुसार पहिलो पङ्क्तिका स्वास्थ्यकर्मीलाई प्रदान गरिने यो खोप उनको कार्यालयकै प्रशासन तथा व्यवस्थापन विभागमा काम गर्नेहरुले लगाउन पाएका छैनन् । तर नियमित प्रक्रियामा परेकाले आफूले लगाउन पाएको बताइन् ।

रेखाले खोप लगाउनका लागि दिएको फार्म हस्ताक्षर गरेको दिनको स्मरण गर्दै भनिन्, ‘‘क्रिसमसको अघिल्लो दिन हामीलाई विभिन्न उपहार दिन लागिएको थियो, म पनि पङ्क्तिबद्ध थिएँ, यसैक्रममा एकजना सहकर्मीले एउटा फर्म देखाउँदै भने्, “तपाई खोप लगाउन राजी हुनुहन्छ ? मैले जवाफमा हुन्छ भन्या र हस्ताक्षर पनि गरेँ ।’’ शरीरमा खोप लगाउने नलगाउने भन्ने कुरा इच्छामा भरपर्ने भएकाले हस्ताक्षर गर्नु अगाडि उनीसँग त्यसरी अनुमति मागिएको थियो ।

रेखाले नयाँ खोप लगाउने अनुमति दिएर घर त आइन् तर उनमा बेचैनी शुरु भयो । कतै यो खोपले उल्टो असर पो गर्छ कि ? अथवा नयाँ खोप विश्वास पो कसरी गर्ने ? उनले भनिन्– ‘‘परिवारका सदस्यहहरुले हजारौँ मानिसमा परीक्षण गरेपछि ल्याएको खोपलाई विश्वास गर्ने गरी ढाडस दिएकाले मैले पूर्ण आत्मविश्वासका साथ यो खोप लगाउने निर्णय गरेको थिएँ ।’’

यसैगरी न्यूयोर्कको हेल्थ केयर सिष्टममा कार्यरत हीरा कँडेल सापकोटा पनि खोप लगाउने अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीमा पर्छिन् । उनले खोप लगाउँदाको अनुभव बाँड्दै भनिन्, ‘‘मलाई खोप लगाउने बेलामा केही बढी दुखाई त भयो तर सहन नसक्ने भन्ने होइन ।’’ खोप लगाउन पाएर कोरोना भाइरसका विरुद्धमा विज्ञानले हासिल गरेको उपलब्धिलाई आत्मसात गरेको भन्दै कँडेल थप्छिन्, ‘‘विज्ञानले गहिरो अनुसन्धान पश्चात मानवीय परीक्षणको चरण समेत पार गरेर उत्पादन गरिएको खोप लगाउन पाउँदा मलाई निकै खुशी लागेको छ ।’’

कँडेलका अनुसार यो खोपको दोस्रो चरणपछि मात्रै यसको असरको बारेमा विस्तृतमा भन्न सकिन्छ । खासमा कुनै एलर्जीको इतिहास भएका या गर्भवती महिलालाई खोप दिन नहुने बताइएको छ । करिब नौ महिनाको अथक प्रयासपछि कोरोना भाइरस विरुद्धको खोप अमेरिकाका दुई कम्पनीले बजारमा ल्याएका छन् । यी दुई कम्पनीमा फाईजर र मोडर्ना कम्पनी रहेका छन् ।

यसलाई अमेरिकी सरकारले आकस्मिक उपयोगको लागि भन्दै डिसेम्बर महिनामा स्वीकृति प्रदान गरेको हो । विश्वको चिकित्सा क्षेत्रको इतिहासमा यस्ता खोप निर्माण गरेर मानिसमा लगाएपछि महामारी नियन्त्रण गरिएका विगतको इतिहास छ । तर कोरोना भाइरस विरुद्धको खोप विश्वभरको जनसङ्ख्यालाई लगाउने गरी पुग्न भने केही समय कुर्नुपर्ने विशेषज्ञहरुको भनाइ रहेको छ । अमेरिकामा जनवरीभरमा करिब एक करोड नागरिकलाई खोप लगाइने बताइएको छ ।

खोप मानव शरीरमा बाह्य वस्तु शरीरमा पठाएर त्यस भाइरस विरुद्ध लडनसक्ने क्षमता विकास गर्ने गरी विकसित गरिएको हो । यसको ९० प्रतिशत भन्दाबढी शरीरले ग्राह्य गरेको भन्नुको अर्थ केही मानिसमा खोपको कारणले केही सामान्य लक्षण आउने सम्भावना रहने विज्ञहरुको तर्क रहेको छ ।

तर यो समाचार तयार पार्दासम्म करिब २० लाख जनामा दिइएको खोपको केवल केही मानिसमा मात्र समस्या देखा परेको विवरण सार्वजनिक भएको छ । खोप लगाएपछि खोपले पार्ने असरको बारेमा फर्म भरेर दिनुपर्ने प्रावधान भएकाले यस सम्बन्धी केही असर भएको देखिएमा अध्ययन पश्चात रिपोर्ट आउने अपेक्षा गरिएको छ ।

अमेरिकामा खोपको क्षेत्रमा अनुभव हासिल गरेका डा.सञ्जीव सापकोटा अहिलेसम्म मानिसहरुमा दिइएको कोभिड खोपमा त्यस्तो गम्भीर असर नदेखिएको बताउँछन् । केहीलाई सामान्य ज्वरो, दुखाई र खोप दिएको ठाउँमा सुनिने बाहेक अरु समस्या देखिएको तथ्य सार्वजनिक भएको छैन । सापकोटाको भनाइ छ ‘‘खोप शतप्रतिशत नै प्रभावकारी हुन्छन् भन्ने होइन ।’’

सापकोटा अगाडि थप्छन्, ‘‘यो खोप मानवीय परीक्षणका तीन चरण पार गरेर बनाइएको हो, त्यसैले यो सुरक्षित र प्रभावकारी छ ।’ सापकोटा खोप लगाइसकेपछि पनि भाइरस विरुद्धको सुरक्षाका उपायहरु अपनाउनुपर्ने बताउँछन् । पछिल्लो पटक बेलायतलगायतका देशहरुमा देखा परेको द्रुत गतिको भाइरसको लागिसमेत यो खोप प्रभावकारी भएको खोप सम्बन्धी क्षेत्रमा कार्यरत विज्ञहरुले बताएका छन् ।

सापकोटाले नेपाल सरकारले कम्पनीसँग सिधैँ समन्वय गरेर खरिद गर्ने प्रबन्ध मिलाएको खण्डमा नेपाली जनता माझ पनि चाँडो खोप उपलब्ध हुनसक्ने बताए । तर नेपाल सरकारले कोभ्याक्स सुविधा अन्तर्गत सम्झौता गरेकोले त्यसको २० प्रतिशत खोप वैशाखसम्ममा नेपाल पुग्नसक्ने अनुमान सापकोटाको रहेको छ ।

स्मरणीय के छ भने मेक्सिको, बेलायत, क्यानाडा, ईजरायल, साउदी अरेबियाजस्ता देशले अमेरिकी कम्पनीसँग सिधैँ खोप खरिद गर्ने सम्झौता गरेकाले ती देशमा अमेरिकामा उत्पादन भएको बहुप्रतिक्षित खोप तीन साताभित्रै निर्यात भएर खोप वितरण गर्न समेत शुरु भइसकेको छ ।

अमेरिकाको स्वास्थ्यसम्बन्धी निकाय सेन्टर्स् फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले दिएको जानकारीअनुसार अमेरिकी सरकारले करदाताको करबाट खोप खरिद गरिने भएकाले अमेरिकी नागरिकलाई निःशुल्क वितरण गरिने जनाएको छ ।

अमेरिकी सरकारले खोपको उपलब्धतालाई मध्यनजर राख्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, हेल्थ केयर सेन्टरमा बसिरहेका ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको छ । त्यसपछि पहिलो पङ्क्तिमा कार्यरत अत्यावश्यक सेवाका अग्नि नियन्त्रक, सुरक्षाकर्मी, कृषि क्षेत्र, हुलाक सेवा, ग्रोसरी स्टोर, यातायात क्षेत्रलगायतका कार्यालय र क्षेत्रमा कार्यरत कर्मचारी रहेका छन् ।

यसैगरी शिक्षा क्षेत्रका कर्मचारी तथा शिक्षक, सहयोगी, डे केयर सेन्टरमा काम गर्ने र ७५ वर्ष उमेर समूहभन्दा माथिकालाई खोप लगाइने भएको छ । त्यसपछि मात्र १४ वर्ष देखि ६४ वर्ष मुनिका र अन्य स्वास्थ्य समस्याका कारणले जोखिममा रहेकालाई खोप लगाइने नीति अमेरिकी सरकारले बनाएको छ ।

अमेरिकामा दुई करोड १० लाख स्वास्थ्यकर्मी, ३० लाख ७५ वर्ष उमेर समूहभन्दा माथिका नागरिकले पहिलो चरणमा खोप लगाउने छन् । त्यसैगरी आठ करोड ७० लाख अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई पनि यो खोप दिइने छ । यी नागरिहरुले आगामी वैशाख÷जेठसम्ममा खोप लगाउन सक्ने अनुमान गरिएको छ ।–मधुकर अधिकारी/रासस

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top