×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

कम्युनिष्टको विगत र वर्तमान (भिडियो)

२२ पुष, काठमाडौं । ७ दशक अघि ५ जना कम्युनिष्ट मिली नेपालमा पहिलो कम्युनिष्ट पार्टी गठन गरे । दर्जनौँ टुट÷फुटको श्रृङ्खला पार गरेर ७ दशकपछि दक्षिण एसियाकै शक्तिशाली कम्युनिष्ट पार्टी बनेपनि त्यसको भविष्य सुखद हुन सकेन । अहिले फेरि पार्टी नमज्जाले फुट्ने तरखरमा छ ।

पार्टी यसरी फुट्दैछ कि अहिले उनीहरु एक अर्कालाई गैर–कम्युनिष्ट प्रमाणित गर्न कुनै कसर नछोडी हात धोएर लागेका छन् । भारतको कलकत्तास्थित श्यामबजारमा २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी मिलेर गठन गरेको कम्युनिष्ट पार्टी, विकसित, विस्तारित, परिस्कृत हुँदै २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी बनेपनि २०७७ सम्म आइपुग्दा छिन्न भिन्न भएको छ । र त्यसका मुख्य पात्र जो कम्युनिष्ट पार्टीका लागि खलपात्र बनेका छन् केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम ।कतिपयले एकताको पक्षमा रहेका गौतमलाई मुख्य पात्रमा राख्न नहुने बताएपनि विघठनको बाटो तय गर्न विगतमा उनले भूमिकाले मद्धत गरेको देखिएको छ । ५ जना मिलेर बनाएको कम्युनिष्ट पार्टी ५ जना नै मुख्य कर्ता हुँदा यसरी टुक्रिएको छ कि उनीहरु एकले अर्काको सत्तोसराप गरेर दिन कटाइरहेका मात्र छैनन् एकअर्कालाई कम्युनिष्टको मुकुण्डो लगाइरहेको आरोप लगाउँदैछन् । कुनै समयका सहयोद्धाहरु कम्युनिष्टको आवरणमा रहेको भन्दै एकले अर्काको चरित्रहत्या गरिरहेका छन । ०४६ सालपछि दुई कम्युनिष्ट धारहरु एमाले र माओवादी मध्ये एमालेले संसदीय व्यवस्था रोज्यो, माओवादीले सशस्त्र द्धन्द्ध । पछि दोस्रो जनआन्दोलनपछि संसदीय व्यवस्थालाई अँगाल्दै अघि बढेको माओवादी र एमालेबीच एकिकरण भएपनि उनीहरुको एकता पद र स्वार्थ प्राप्तिका लागि मात्र रहेको आँफै पुष्टि गरिरहेका छन् । नेपालका कम्युनिष्टहरु पहिलो पटक २०१७ सालमा फुटे । पुष १ गते राजा महेन्द्रले शासनको बागडोर सम्हाल्दै जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालालाई जेल हालेपछि, कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझी राजाको पक्षमा र पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह र तुलसीलाल अमात्य र मनमोहन अधिकारी विपक्षमा थिए । विस्तारै पुष्पलाल, तुलसीलाल, मोहनविक्रम, मनमोहन लगायत नेताहरुमा पनि तित्तता आउन थाल्यो । एकातिर रायमाझी छुट्टिएकै थिए, अर्कातिर तुलसीलाल अमात्य र पुष्पलाल पनि छुट्टिए । २०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनका अर्का दुईवटा प्रष्ट लाइन देखा परे । झापा जिल्ला कमिटीको नेतृत्व सिपी मैनालीले गर्थे, जसले पञ्चायत फाल्न झापा विद्रोह चलाएका थिए । केन्द्रीय न्यूक्लियसको नेतृत्व मोहनविक्रम सिंहले गर्थे, जसले पञ्चायतविरुद्धमात्र होइन भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि आन्दोलन गर्ने भन्थे । त्यतिबेला केपी शर्मा ओली झापाली समूहको सक्रिय यूवा नेता थिए । तर पुष्पकमल दाहाल पुष्पलालसँग सुरुमा नजिकिएपनि पछि मोहनविक्रम सिंहको चौंथो महाधिवेशनमा पसे ।२०३५ साल साउनमा पुष्पलालको निधन हुनुअघि पुष्पलाल निकटका मदनभण्डारी, वामदेव गौतमजस्ता नेताहरूले छुट्टिएर मुक्ति मोर्चा समूह बनाइसकेका थिए । यता झापाको विद्रोही समूहले आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल कोअर्डिनेसन कमिटी बनाएको थियो । यी दुबै समूह मिलेर २०३५ पुष ११ गते सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) बनाए । ०३६ सालसम्म चुपचाप बसेका मनमोहन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी खोले । पुष्पलालको निधनपछि बलराम उपाध्याय र साहना प्रधानले चलाइरहेको पार्टी २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो र नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) बन्यो ।

Advertisement
Advertisement

यता मोहनविक्रम सिंहको चौंथो महाधिवेशनमा ०३६ सालको जनमत संग्रहको विषयलाई लिएर सुरु भएको मतभेद बढेपछि २०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) बन्यो । मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो । पछि २०४१ सालमा मोहनविक्रमले चित्रबहादुर केसी लगायतलाई लिएर नेकपा मसाल (पातलो मसाल) र मोहन वैद्य नेतृत्वको पार्टी नेकपा मशाल (मोटो मसाल) मा विभाजित भए । २०४५ सालमा नेकपा मशालले पुष्पकमल दाहाललाई महामन्त्री बनायो र माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्यो । २०४६ को आन्दोलनअघि मनमोहन नेतृत्वको माक्र्सवादी पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाम मोर्चा बन्यो । पछि मनमोहन र सिपी मैनालीको पार्टी एकता भइ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो । महाकाली सन्धीका विषयमा मतभेद भएपछि बामदेव गौतमले २०५४ सालमा एमाले फुटाएर नेकपा माले खोले । वामदेवसँगै छुट्टिएर गएका सिपी मैनाली भने पाँच वर्षपछि फेरि बामदेव एमालेमा फर्किदा फर्किएनन् ।

Advertisement

बहुदलपछि प्रचण्डको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बन्यो । मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई एकता केन्द्रमा आए । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरु मिलेर छुट्टै ने.क.पा.(एकताकेन्द्र) गठन गरे । दाहाल नेतृत्वको एकता केन्द्रले नाम फेरेर नेकपा माओवादी राख्दै १० वर्ष माओवादी जनयुद्ध सञ्चालन गर्याे । यो बीचमा एकता केन्द्र र मोहनविक्रम सिंहको मसालबीच एकता भइ ०६३ सालमा फेरी फुटे । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीमा २०१९ सालको तेश्रो महाधिवेशनपछि नै दुई लाईनको संघर्ष भन्दै समूहगत विभाजनको शृंखला शुरु भएको हो । दक्षिणपन्थी, उग्रवामपन्थी, यथास्थितिवादी, दरवारपरस्त जस्ता आरोप प्रत्यारोप मात्र होइन फुटका लागि पार्टीको नाममा मोटो श कि पातलो स लेख्ने, कमा कि फुलस्टप लेख्ने कुनै विदेशी नेताको निजी जिन्दगीलाई हेर्ने दृष्टिकोण कस्तो बनाउनेसम्मका थरी–थरीका कारण देखाउँदै नेपाली कम्युनिष्ट पार्टीहरु फुट्ने क्रम चलिरह्यो । पहिलो जनआन्दोलनपछि संसदीय व्यवस्था र सशस्त्र द्धन्द्ध दुई बाटोमा लागेका ठूला कम्युनिष्ट पार्टी दोस्रो जनआन्दोलनपछि दुुबै संसदीय अभ्यासमा आए । नारायणकाजी श्रेष्ठको एकता केन्द्र माओवादीमा मिल्यो, मोहन वैद्य र नेत्रविक्रम चन्द फुटेर दुईटा छुट्टाछुट्टै पार्टी खोले, बाबुराम भट्टराई पनि माओवादीबाट अलग्गीए । तरपनि संसदीय व्यवस्थामा आइसकेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भइ संघीय संरचनाका सबै तहमा बहुमत नागरिकको साथ पाए । तर एकीकृत पार्टीका पात्रहरुबीच पदीय भागबण्डा नमिल्दा एकले अर्कालाई खलपात्र भन्दै दुई धारमा विभाजित भएका छन् । कम्युनिष्ट आन्दोलनको लामो श्रृङ्खला पार गरेर यो अवस्थामा आउँदा उनीहरु कम्युनिष्ट विचारधारा समाप्त गर्ने बाटोमा आ–आफ्नो पोल खोलिरहेका छन् ।

भर्खरको समाचार

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

सम्बन्धित खबरहरु

Scroll to Top