घुस लिएको आरोपमा सवइञ्जिनीयर पक्राउ

२२ पुस ७७, बिहीबार

२२ पुस, तनहुँ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सवइञ्जिनीयर सुरेन्द्र अधिकारी रु एक लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सवइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो ।

Advertisement

जिल्लाको भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन गरेबापत उक्त रकम घुस लिएको बताइएको छ ।

पटकपटक उक्त रकम माग गरेर सताउन थालेपछि रकम लिँदै गरेको अवस्थामा पोखराका प्रहरी नायब उपरीक्षक दीपेन्द्र बञ्जीयार थारुको नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।

Advertisement

उक्त विद्यालयमा रु १४ लाख ६९ हजारको लागतमा शौचालय निर्माण गरिएको थियो । घुस लिँदै गरेको अवस्थामा सोही होटलमा बसेर मुचुल्का उठाएर कानूनी प्रक्रियाको लागि अघि बढाइएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top