×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

‘बञ्जी’मा जोडीको आकर्षण

२२ पुष २०७७

२२ पुस, पोखरा।

अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन् । युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर बञ्जीको मज्जा लिने गरेका छन् । एक्लै डराउनेहरु एकअर्को साथीको साहाराबाट बञ्जी गर्नेको संख्या पनि उत्तिकै छ ।

Advertisement
Advertisement

पोखरा–२५ स्थित हाइग्राउन्ड एडभेन्चर्समा बञ्जीको मज्जा लिएपछि भक्तपुर बालकोटकी २५ वर्षीय नविना दवाडीले भनिन्, ‘निकै पहिलेदेखि बञ्जी गर्ने रहर थियो, तर एक्लै गर्नसकेको थिइन । उहाँ (श्रीमान् देखाउँदै) को साथले आट आयो, डरलाई जितेको अनुभव गरें’, दवाडीले लामो समयको सपना श्रीमानको साथमा पूरा गर्न पाएकोमा खुशी लागेको बताइन् ।

सँगै मुस्कुराइरहेका सन्दिप सुवेदीले पनि श्रीमतीको सपना पूरा गर्न पाएकोमा खुशी लागेको बताए । ‘हामी नवविवाहित जोडी हौँ, उनको सपना पूरा गर्न साथमा लिएर बञ्जी गरेँ, डरभित्रको आनन्दमा हामी रमायौं’, सुवेदीले भने, ‘एडभेन्चर्स भनेकै डरसँग सम्बन्धित हुन्छ जति डर जति चुनौती उति मज्जा हुन्छ हामीले त्यो अनुभव हासिल ग¥यौं ।’

काठमाडौँ बालुवाटारका २७ वर्षीय सफिन श्रेष्ठले पनि २२ वर्षीय श्रीमती सनिसा श्रेष्ठको साथमा बञ्जीको अनुभव निकै स्मरणीय रहेको बताइन् । उनले एक वर्ष अघि विवाह गरेपछिसँगै बञ्जी गर्ने रहरलाई बल्ल पूरा गर्न पाएको बताइन् । ‘हामीले निकै पहिलादेखिसँगै बञ्जी गर्ने सोच बनाएको तर कोभिड–१९ का कारणले रोकिएका थियौँ, पोखरामा ‘कपल’ बञ्जी हुन्छ भन्ने थाहा पाएपछि यहाँ आएर त्यो रहर पूरा गर्‍यौं’, बञ्जीको अनुभव सुनाउँदै सनिसाले भनिन्, ‘ओहो निकै डरलाग्दो रहेछ, एक्लै भएको भए त सक्दिन थिएँ होला, उहाँको साथले आत्मविश्वास बढ्यो, डरलाई जितेँ ।’

बञ्जी सञ्चालक कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले पछिल्लो समय बञ्जी गर्ने जोडी (टेन्डम) संख्या बढिरहेको बताए । ‘हामीले शुरुमा सन् २०१० मा पोखरामा साहसिक खेल जीप लाइन शुरु गरेका हौँ, त्यसपछि सन् २०१४ बाट बञ्जी सञ्चालनमा ल्यायौँ । शुरुका पाँच वर्ष अक्टुबरको समयमा फुलमुन बञ्जी (रातिमा गर्ने) गर्‍याैं भने सन् २०१९ देखि जोडी बञ्जी अर्थात् टेन्डम शुरु गरेका हौँ, अहिले जोडीहरुको आर्कषण बढ्दै गएको छ ।’ उनले जोडीमा एक अर्को साथीसँग जम्प गर्ने सकिने बताए । ‘एक अर्को साथी जोसँग पनि जम्प गर्न सकिन्छ दाजुबहिनी, श्रीमान् श्रीमती, दिदीबहिनी, दाजुभाइ, दुई साथी सबैले गर्न सक्छन् ।’

उनले भने, ‘जोडी भन्ने वित्तिकै गर्ल फ्रेण्ड ब्याइ फ्रेण्ड मात्र भनेर बुझ्ने गरेको तर बञ्जीमा त्यस्तो हुँदैन जो कोही साथीसँग पनि बञ्जी गर्न सकिन्छ ।’ कोभिड–१९ का कारण लामो समय बन्द रहेको बञ्जी पुनः सञ्चालनमा आएसँगै आन्तरिक पर्यटक आउने थालेको उनको भनाइ छ । कोभिड–१९ अघि ४५ प्रतिशत नेपाली र ६५ प्रतिशत बञ्जी गर्थे भने अहिले सबै आन्तरिक पर्यटक मात्र छन् ।

पोखरा सुन्दर शहर विदेशी पर्यटकको आर्कषक गन्तव्य भए पनि साहसिक खेल त्यति नभएकाले गोल्छा अर्गनाइजेशनले सन् २०१० मा जीपलाइन निर्माण गरी सन् २०१२ मा शुरु गरेको थियो भने त्यसको दुई वर्षपछि जीपलाइनको ‘डाउन स्टेशन’मा उक्त कम्पनीले बञ्जी टावर निर्माण गरेको हो । बञ्जीमा नेपालको पहिलो टावर बञ्जी एशियामा पहिलो व्यावसायिक टेन्डम भएको प्रबन्धक महर्जनको दाबी छ ।

‘अहिलेसम्मको अवस्थालाई हेर्दा टेण्डममा व्यावसायिक बञ्जी गराउने हामी नै हौं’, महर्जनले भने । महर्जनका अनुसार गोल्छा अर्गनाइजेशनका शरद गोल्छा र अविनव चुरिवालको लगानी रहेको यस कम्पनीले आगामी दिनमा एडभेन्चर्समा थप नयाँ अवधारणा समेत बनाइरहेको र सहज वातावरण भएपछि सार्वजनिक गर्ने तयारी रहेको छ ।

पोखरा–१८ सराङ्कोट जीप लाइनको अपस्टेशन तीन रोपनी र पोखरा–२५ हेम्जाको डाउन स्टेशनमा ४ रोपनी जग्गा कम्पनीले खरिद गरी बञ्जी र जीप लाइन सञ्चालनमा ल्याएको हो । बञ्जीबाट ८५ मिटरसम्म जम्प गर्न सकिने गरी १२५ मिटरसम्मको बन्जीको उचाइ रहेको छ । उक्त बञ्जी जम्पमा करिब ८ करोडको लगानी भएको कम्पनीले जनाएको छ ।

टेण्डम बञ्जीको अवधारणाबारे महर्जनले भने, ‘शुरुमा अलि रिस्क हुन्छ कि भन्ने सोच्यौँ, दुई जनाको जम्पमा बाउन्स गर्दा ठोकिन्छ कि भन्ने लागेको थियो तर लामो समय परीक्षण गरेपछि सुरक्षित हुने ग्यारेन्टी भो अनि सञ्चालनमा ल्यायौँ ।’ उनले दुई जना जम्प गर्दा गफ गर्नसमेत मिल्ने भएकाले एक्लै डराउनेका लागि जोडी बञ्जी उपयुक्त हुने बताए ।

उनका अनुसार बञ्जी युरोपका ल्याटभियाको फ्रेन्चाइज हो । इयु स्टान्डर्टको सामग्रीको प्रयोग गरिएकाले सुरक्षित र भरपर्दो हुने उनको भनाइ छ । ल्याटभियाकाको जम्प मास्टर नेपाल प्रत्येक ६–६ महिनामा दुई–दुई जना आएर तीन वर्ष तालीम प्रदान गरी सर्टिफाइड गरेका दक्षजनशक्तिले अहिले बञ्जी गराउने गरेका छन् ।

पोखराको सुन्दरतामा लोभिने र साहसिक खेलमा रुची राख्नेका लागि बञ्जी र जीपलाइन बरदान सावित हुने गरेको उनी बताउँछन् । हाइग्राउन्ड एड्भेन्चर नेपाल प्रालिले कोरोनाको कहरसँगै चैत ११ देखि बन्द भएको कम्पनी असोज १९ देखि पूर्ण सञ्चालन गरेको थियो । कम्पनीका अनुसार असोज १९ देखी पुस १६ सम्म एक अजार २३० जनाले सहासिक खेल बञ्जी जम्पको मज्जा लिएका छन् भने करिब ७० प्रतिशत टेण्डम (जोडी) छन् । त्यसमा पनि ९० प्रतिशत नवविवाहित जोडीहरु छन् ।

Advertisement

साहसिक खेल प्रवद्र्धनका अभियानकर्मी विष्णुकान्त घिमिरे पछिल्लो समय धेरै युवापुस्ताले बञ्जी जम्पको भिडियो टिकटकमा पोष्ट गर्न थालेपछि पनि यसको ‘क्रेज’ झन् बढ्दै गएको सुनाउँछन् । ‘अहिले साहसिक खेलमा रुचि राख्नेहरुसँगै सामाजिक सञ्जाल टिकटकलगायत एक अर्काको अनुभवले बञ्जी गर्नेलाई लोभ्याइरहेको छ ।’ उनले यस्ता गतिविधिले साहसिक खेलको प्रवद्र्धनमा सघाउ पुर्‍याएको बताए । उनका अनुसार अहिले नेपालमा भोटेकोशी पोखरा र कुश्मामा गरी तीन ठाउँमा बञ्जी सञ्चालनमा रहको पोखरा रातो पैह्रो बञ्जी निर्माण प्रक्रिया सम्पन्न भई सञ्चालनको तयारीमा रहेको छ ।
जमुना बर्षा शर्मा / रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top