२४ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २१ छ भने क्वारेन्टाइनमा ३३८ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ५८५ जना निको भइ डिस्चार्ज भएका छन् ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९०९ रहेको छ ।