२४ पुस, काठमाडौं ।
धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने युवालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार धनगढीमा भएको कार्यक्रममा आफ्नो टिसर्टमा निर्मला पन्तको बलात्कार र न्यायको खोजीसँग सम्बन्धित नाराहरु लेखिएको टिसर्ट लगाएका युवाहरु लाई प्रहरीले पक्राउ गरेको हाे ।
२०७५ साउनमा महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। उनको बलात्कारी र हत्याराको खोजी भएको भए पनि हालसम्म पत्ता लाग्न सकेको छैन। बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ।