कागजमा मात्रै खेलाडीको सेवा सुविधा

२६ पौष, काठमाडौं । खेलाडी देशका गहना हुन् । राष्ट्रको शिर उचो बनाउने यिनै खेलाडी अहिले निराश छन् । खेललाई मूल मन्त्र मान्दै जीवन व्यतित गरेका खेलाडीलाई सरकारले दायरा बढाउँदै वितरण गरेको सेवा सुविधा चालु आर्थिक वर्ष शुरु भएदेखि नै पाएका छैनन् । सोही कारण पदक दिलाएका खेलाडी निराश छन्भने नयाँ पिढीका खेलाडीलाई हौसला पाउनुको सट्टा निराशापन छाएको छ ।

कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको यो भनाई सुन्दा लाग्छ नेपाली खेलकुद अझै बामे सर्दैछ । साँघुरा पूर्वाधार र व्यक्तिगत कुन्ठाबाट खेलमा जीवन आहुती गरेका मानन्धरले पूरानो शैलीमा अब खेलकुद चल्न हम्मेहम्मे हुँदै छ भन्ने प्रस्ट भएको बताए । खेलकुद क्षेत्रमा विश्वले मारेको फड्कोलाई आत्मसाथ नगरे नेपाली खेलाडीको स्तर पूरानै अवस्थामा रहने उनको बुझाई छ ।

नेपाल सरकारले नै राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई भत्ता उपलब्ध गराउने निर्णय गरे पनि पदक दिलाएका खेलाडीले गत साउन महिना देखि भत्ता पाउन सकेका छैनन् । यसै विषयलाई लिएर खेलाडीहरुको संगठन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले गत बुधबार नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । यस अघि जगतबहादुर विश्वकर्मा (सुनार) खेलकुदमन्त्री नियुक्त भएको १३ दिनपछि २०७४ साल चैत २६ गते यसरी नै खेलाडी संघले ज्ञापनपत्र बुझाएको थियो । तात्कालीन मन्त्री विश्वकर्माले खेलाडीले खेल क्षेत्रमा आफ्नो भविष्य अनुभूत गर्ने गरी काम गर्ने बताएका थिए । त्यसरी नै यसपल्ट मन्त्री लामाले पनि खेलाडीलाई आश्वासन दिएका छन् ।

यसका अलावा संघले विभिन्न कार्यकालमा मन्त्रालय सम्हाल्दै आएका मन्त्रीसँग पनि माग राख्दै आएको थियो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यसअघिका मन्त्रीहरूलाई गराइएको ध्यानाकर्षण पत्रले खेलाडीको समस्यालाई सम्बोधन गर्ने अपेक्षा राखिएको तर अहिले सम्मपनि सम्बोधन नभएको भन्दै सम्बोधन गर्न आग्रह गरेका छन् ।

खेलाडीहरुको संघ एनएनआईपिएका पदाधिकारीले मन्त्रीसमक्ष खेलाडीले पाउनुपर्ने मासिक प्रोत्साहन भत्ता रातो किताबमै उल्लेख गरेर वितरण गर्न माग राख्दै आएका छन् । तर सम्बोधन भएको छैन । बरु उपलब्ध गराउने भनिएको सेवा सुविधा नपाउँदा खेलकुदमा जीवन विताएका खेलाडी निराश देखिएका छन् । यस्तै खेलमा जीवन विताउन अभिलासा राखेका नयाँ पिढीमा यसको प्रत्यक्ष असर देखिने थालेको छ । जसका कारण युवा खेलाडी पलायन हुने अवस्था दिन प्रतिदिन बढ्ने क्रम जारी छ । पदकको आशा गर्ने तर सेवा सुविधा दिन कन्जुस्याई गर्ने प्रवृतिले खेलकुद क्षेत्र कहिले उभो लाग्ला ?यस विषयमा खेलकुुदको सर्बोच्च निकायले ध्यान दिने सयम आएको हो कि ?

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top