वीरगन्जका दुई बालक बेपत्ता, अपहरण भएको आशङ्का

२६ पुस ७७, आइतबार

२६ पुस, वीरगन्ज ।

Advertisement

वीरगन्जका दुई जना बालक हिजो दिउँसो देखि बेपत्ता भएको र उनीहरूको अवस्था अझै अज्ञात रहेकाले बालकहरूको अपहरण भएको आशङ्का गरिएको छ ।

वीरगन्ज बिर्ता निवासी नयाँ बसपार्कस्थित हिमाल भान्सा घरका सञ्चालक एवम् यातायात व्यवसायी जगरनाथ कलवारका १३ वर्षीय छोरा निवेश गुप्ता कलवार र दिपेश शर्माका १३ वर्षीय छोरा प्रमिश शर्मा घरबाट शनिबार बिहान ११ बजे ब्याडमिन्टन खेल्न निस्किएका र त्यसपछि दुवै बालक अहिले सम्म पनि सम्पर्क विहीन रहेको पारिवारिक श्रोतले जनाएको छ ।

Advertisement

बिहान १० बजे खाना खाएर ११ बजे होम ट्युसनपछि ब्याडमिन्टन खेल्न निस्किएका २ बालक साथीको घर गएको हुन सक्ने अभिभावकहरुले आशङ्का गरेपनि हिजो साँझसम्म बालकहरु सम्पर्कमा नआएपछि हिजै पीडित परिवारले वडा प्रहरी कार्यालय बिर्तामा खोजतलासका लागी जानकारी दिएका थिए ।

बालकहरूको परिवार उनीहरूको अपहरण भएको हुन सक्ने आशङ्काले थप त्रसित बनेका छन् । यस विषयमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीसँग सम्पर्क गर्दा बेपत्ता बालकको बारेमा हिजैदेखी खोजतलास र अनुसन्धान जारी रहेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top