अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध महाअभियोगको प्रस्ताव लैजाने तयारी

२७ पुस ७७, सोमबार
Share this
674shares

२७ पुस, एजेन्सी।

Advertisement

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध दोस्रो पटक महाअभियोग प्रस्तावमा मतदान हुनसक्ने बताइएको छ ।

राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा छिटै संसदमा मतदान हुने सम्बन्धमा वरिष्ठ डेमोक्र्याटिक सांसदले जानकारी दिएका हुन् ।

Advertisement

गत बुधबार अमेरिकी संसद क्यापिटोल भवनमा भएको हिंसात्मक घटनालाई उत्तेजित बनाएको आरोपमा राष्ट्रपति ट्रम्पलाई दोस्रोपटक महाअभियोग लगाउन लागिएको हो । राष्ट्रपति ट्रप्पका उदण्ड समर्थकहरुले हुल्दंगाका कारण भएको घटनामा पाँच जनाको मृत्यु भएको छ ।

यसै हप्ता हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोगका विषय अघि बढाइए पनि माथिल्लो सदन सिनेटमा भने अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनको १ सय दिनको कार्यकाल पूरा नगरी ट्रम्प विरुद्धको महाअभियोगको प्रस्ताव लैजान नपाउने व्यवस्था छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top