×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026

भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट बराबरीमा रोकियो

२७ पुष २०७७

२७ पौष, काठमाडौं । भारत र अस्ट्रेलियाबीच सिड्नीमा भएको तेस्रो टेस्ट बराबरीमा रोकिएको छ ।

सिड्नी टेस्टको अन्तिम दिन भारतले जितका लागि चार सय सात रन बनाउनुपर्ने थियो । यद्यपि खेल सकिँदासम्म भारतले पाँच विकेट गुमाएर तीन सय ३४ रन बनायो । भारतीय टिमका धेरै खेलाडी घाइते भएका कारण उसका लाग यो टेस्ट बराबरी गराउनु नै महत्त्वपूर्ण भएको छ ।

Advertisement
Advertisement

सिड्नी टेस्टको पाँचौँ तथा अन्तिम दिन चेतेश्वर पुजारा र ऋषभ पन्तको साझेदारीले खेल रोमाञ्चक स्थितिमा पुगेको थियो ।

तर उनीहरु आउट भएपछि रविचन्द्रन अश्विन र हनुमा विहारीले उत्कृष्ट खेल पस्कँदै अन्तिमसम्म टिकिरहे । यी दुईले ६२ रनको साझेदारी गरे । घाइते भएका बिहारीले एक सय ६१ बलमा २३ र अश्विनले एक सय २८ बलमा ३९ बनाए ।

यसअघि पुजारा र पन्तले पाँचौँ विकेटका लागि एक सय ४८ रनको उत्कृष्ट साझेदारी गरे । ऋषभ पन्त मात्र तीनले शतकबाट चुके । पुजारा पनि ७७ रन बनाएर आउट भए ।

पन्तले एक सय १८ बलमा १२ चौका र तीन छक्का प्रहार गरे । तर ९७ रनमा उनी अफ स्पिनर नाथन लायनको बलमा प्याट कमिन्सको हातबाट क्याच आउट भए ।

पुजाराले सम्हालिँदै दुई सय पाँच बलमा ७७ रन बनाए । उनी जो हेजलवुडको बलमा बोल्ट आउट भए । त्यो बेला भारतको योगफल दुई सय ७२ रन थियो ।

खेलको अन्तिम दिन भारतको सुरुवात राम्रो भएन र दोस्रो ओभरमा नै कप्तान अजिन्क्या रहाणे आउट भए ।

पाँचौँ दिनको दोस्रो ओभरको चौथो बलमा रहाणे नाथल लायनको बलमा शर्ट लेगमा उभिएका मार्नस लाबुशेनको हातबाट क्याच आउट भए ।

रहाणे मात्र चार रन बनाएर आउट भए । चौथो दिनको आफ्नो योगफलमा रहाणे एक रन पनि जोड्न सकेनन् । पुजारासँग रहाणेले तेस्रो विकेटका लागि २१ रन जोड्न सके ।

यद्यपि ऋषभ पन्त ब्याटिङ गर्न आएपछि भारतले केही राहत महसुस गर्यो । रविन्द्र जडेजाका साथै पन्त पनि घाइते थिए र चौथो दिनपछि उनले ब्याटिङ गर्ने पक्का भइसकेको थिएन ।

दोस्रो पारीमा रोहित शर्मा (९८ बलमा ५२, पाँच चौका, एक छक्का) र शुभमन गिल (३१ रन) ले राम्रो सुरुवात गरे । यी दुईले पहिलो विकेटका लागि ७१ रन जोडे ।

यही योगफलमा शुभमन गिल आउट भएको केही समयपछि रोहित शर्मा पनि आउट हुँदा चौथो दिनको खेल सकिँदासम्म भारतले ९८ रनमा दुई विकेट गुमाएको थियो ।

खेलको चौथो दिन अस्ट्रेलिया आफ्नो दोस्रो पारीमा ब्याटिङ गरिरहँदा भारतीय बलर मोहम्मद सिराजलाई फेरि अस्ट्रेलियाका समर्थकले अपशब्द बोल्दा खेल १० मिनेट रोक्न परेको थियो ।

अस्ट्रेलियाले आफ्नो दोस्रो पारीमा क्यामरन ग्रीनले ८४, स्टिभ स्मिथले ८२, लाबुशेनले ७३ र कप्तान टिम पेनले अविजित ३९ रनको मदतमा ६ विकेटको क्षतिमा तीन सय १२ रन बनाएर पारी सकिएको घोषणा गरेको थियो ।

अस्ट्रेलियाले पहिलो पारीमा तीन सय ३८ तथा भारतले दुई सय ४४ रन बनाएको थियो ।

Advertisement

तेस्रो टेस्ट ड्र हुँदा चार खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top