२८ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर संक्रमितको संख्या २ लाख ६५ हजार ६९८पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ छ भने क्वारेन्टाइनमा २३७ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ३९० जना निको भइ डिस्चार्ज भएका छन् ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९३२ रहेको छ ।