भलिबलकी कप्तान अरुणाले जितिन् पिपुल्स च्वाइस अवार्ड

२८ पुस, काठमाडौं ।

राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छिन्। सातदोबाटोमा आज भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइज विधामा अवार्ड जितेकी हुन्।

कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन् । अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गर्दा मन्देकाजी श्रेष्ठ २८.४५७ प्रतिशत भोटसहित दोस्रो स्थानमा रहे । तेस्रो स्थानमा सदिना १३.४९९, चोथोमा गौरिका १३.३०९ तथा पाँचौमा सावित्रा ७.२१८ प्रतिशत मत प्राप्त गरे ।

Advertisement

एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा कप्तान अरुणा थिइन्। उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो।

त्यस्तै, अरुणाकै कप्तानीमा नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनलमा पुगेको थियो। भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top