×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सरकारको दावी : प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

३ माघ २०७७

काठमाडौँ : सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा मुलुकमा राजनीतिक संकट ल्याउने र संविधान कार्यान्वयनमा अवरोध गर्ने काम भइरहेकाले दुई तिहाइ बहुमत आवश्यक भएको भन्ने उल्लेख गरिएको हो ।

‘सरकार मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताको रक्षामा दृढ छ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘यति प्रयास गर्दागर्दै पनि मुलुकमा राजनीतिक संकट ल्याउने अनि संविधान कार्यान्वयनमा अवरोध गर्नेलगायतका काम भइरहेकाले ९प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको हो० ।’

Advertisement
Advertisement

विभिन्न स्वार्थका कारण निरन्तर प्रहार भइरहेकाले सरकारले जनहित र राष्ट्रहितका काममा सम्पूर्ण सामर्थ्य र ध्यान केन्द्रित गर्न नपाएको पनि निर्णयमा उल्लेख छ । स्वतन्त्र न्यायपालिकामाथि निरन्तर प्रहार भएको, न्यायपालिकाको जनविश्वासमा विचलन ल्याई अराजकता सिर्जना गर्न खोजिएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकाय रिक्त भएको जस्ता आधार देखाई सरकारले ताजा जनादेशमा जाने निर्णय गरेको उल्लेख छ । सरकारले सर्वोच्च अदालतमा पठाएको मन्त्रिपरिषद् बैठकको निर्णयको प्रतिलिपि शुक्रबार सर्वोच्च अदालतबाट सार्वजनिक गरिएको हो ।

अहिलेको संविधानसँग असन्तुष्ट पक्षले संविधान संशोधनको माग गरिरहेको र त्यसका लागि दुई तिहाइ आवश्यक रहेको उल्लेख गर्दै निर्णयमा भनिएको छ, ‘नक्साको विषय कार्यान्वयन गर्नसमेत दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको ।’ सन्धि–सम्झौताको अनुमोदन, शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण र विकासका लागि दुई तिहाइको सरकार आवश्यक भएको निर्णयमा उल्लेख छ ।

Advertisement

सरकारले अनुमोदनका लागि संसद्समक्ष प्रस्तुत गरेका दस्ताबेज सरकारले अनुरोध गर्दा पनि बैठकमा पेस नभएकाले त्यस्तो अवरोध रोक्न पनि ताजा जनादेश आवश्यक हुने निर्णयमा भनिएको छ । कोभिड नियन्त्रणका लागि प्रभावकारी काम गर्न, नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय साख उँचो बनाउन र शान्ति प्रक्रियालाई सर्वस्वीकार्य रूपमा सफल पार्न दुई तिहाइको सरकार आवश्यक रहेको निर्णयमा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top