×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

केन्द्रसित मुख्यमन्त्रीहरूका गुनासैगुनासा

३ माघ २०७७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षता गर्ने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा ५ वटा प्रदेशका मुख्यमन्त्रीहरूले आयोजना कार्यान्वयनमा देखिएका समस्यादेखि समयमै संघीय कानुन नबन्दा काम गर्न अप्ठ्यारोबारे गुनासो गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको बैठकमा एकपछि अर्को गर्दै मुख्यमन्त्रीहरूले खेप्नुपरेका समस्या राखेका थिए । बैठकमा पुष्पकमल दाहाल–माधव नेपाल समूहका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने उपस्थित भएनन् । छलफलमा विभिन्न मन्त्रालयका मन्त्री, मुख्यमन्त्री, संघीय मन्त्रालयका सचिव, प्रदेशका सचिवलगायतको उपस्थिति थियो ।

Advertisement
Advertisement

समिति बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिकका प्रमुख आर्थिक परिसूचक, खर्च र प्रगतिका साथै कोभिडको प्रभाव विश्लेषण प्रस्तुत गरेका थिए । उपाध्यक्ष कँडेलले समितिको ४५, ४६ र ४७औं बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे पनि जानकारी गराए । प्रदेशहरूको बजेट खर्च र प्रगति, बेरुजुको अवस्था र मुख्यमुख्य सवालहरूका विषयमा समेत छलफल भएको बैठकमा सहभागी एक अधिकारीले बताए । ४८औं बैठकले २० वटा एजेन्डासमेत पारित गरेको छ ।

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केन्द्रबाट ससर्त योजना हस्तान्तरण भए पनि पर्याप्त बजेट नपठाउँदा समस्या भएको गुनासो गरे । ‘ठेक्काको अवधि नखुल्दा पनि समस्या भएको छ,’ उनलाई उद्धृत गर्दै एक अधिकारीले भने, ‘बहुवर्षीय परियोजना भनेर पठाए पनि समयमै विविध कारणले कार्यान्वयन गर्न सकिएन ।’ बाढीपहिरोपीडितको संरचना निर्माणमा स्पष्ट कुरा नआएको र एकद्वार प्रणाली नहुँदा समस्या भएको उनले बताए । एक वर्ष भनेर योजना पठाइन्छ । तर बजेटको स्रोत सुनिश्चितता नभएको भनाइ थियो ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साझा अधिकारका विषयमा बनेका केही कानुनको स्पष्टता नभएको बताए । संघीय ऐन निर्माण गर्दा प्रदेशको एकल अधिकारमा अतिक्रमण हुने गरी कानुन बनाइएको उनको आरोप थियो । ‘ढुंगा, गिट्टी, बालुवाको बिक्रीबाट प्राप्त राजस्व प्रदेश र स्थानीय तहबीच ४० र ६० प्रतिशतका दरले बाँडफाँट गर्ने व्यवस्था छ,’ उनले भने, ‘तर नियमनमा प्रदेश सरकारको भूमिका छैन ।’ स्मार्ट लाइसेन्स छपाइको काम प्रदेशबाटै गर्ने व्यवस्था गर्न उनले माग गरे ।

संघीय मन्त्रालयका विषयलाई समस्याका रूपमा लिने तर प्रदेशका समस्यालाई समस्या नमान्ने प्रवृत्ति रहेको मुख्यमन्त्रीहरूको भनाइ छ । संघले सञ्चालन गरेका विकास निर्माणका परियोजनामा प्रदेशको कुनै भूमिका नहुँदा त्यसको कार्यान्वयनको स्थितिमा समस्या रहेको उनीहरूले बताए । अनुगमनको पाटोमा प्रदेशलाई पनि राख्नुपर्ने माग सबै मुख्यमन्त्रीहरूको छ ।

स्थानीय तहबाट सदरमुकाम जोड्ने सडक अहिलेसम्म कार्यविधि बनेर नजाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाउने कि प्रदेशले भन्नेबारे स्पष्ट नहुँदा समस्या बनिरहेको मुख्यमन्त्रीहरूले गुनासो गरे । आफैंले गर्न पाए काम देखिन्थ्यो भन्ने चाहना मुख्यमन्त्रीहरूको थियो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा लेखाका कर्मचारी थोरै भएको गुनासो गरे । ‘दरबन्दी नै पुर्‍याइएको छैन,’ उनलाई उद्धृत गर्दै एक अधिकारीले भने, ‘त्यसकारण बेरुजु बढ्यो ।’ प्रदेश २ मा लेखा हेर्ने उपसचिव २ जना मात्र रहेको उनको भनाइ छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परम्परागत रूपमा मात्र काम गर्ने प्रवृत्तिले समस्या भएको भन्दै यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘हचुवाको भरमा योजना पठाउने काम भयो, जग्गा प्राप्ति नहुँदा प्रदेशका संरचना बनाउन पाइएन,’ उनले भने, ‘क्रसर उद्योग अवैध रूपमा चलेका छन्, तर त्यहींबाट हामीले २०७१ सालबाट निरन्तर कर लिइरहेका छौं, त्यसलाई हामीले वैधानिकता दिन नै खोजेनौं, यसमा गृह मन्त्रालयले सहजीकरण गरिदिएन ।’ बजेट विनियोजनमा संघीय र प्रदेश सरकारबीच आयोजना तथा कार्यक्रममा दोहोरोपना, प्रदेशमा दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति नभएको जस्ता गुनासा मुख्यमन्त्रीहरूका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि संघले सञ्चालन गरेका योजनाको प्रभावकारी कार्यान्वनका निम्ति अनुगमनको पाटोमा प्रदेशको समेत सहभागिता आवश्यक रहेको धारणा राखे । संघबाट बजेट पठाउने काममा ढिलाइ एवम् कन्जुस्यालाई कन्जुस्याइँ गर्न नहुने उनले बताए । यसले आफूहरूलाई काम गर्न अप्ठ्यारो भएको उनको भनाइ छ ।

Advertisement

संघीय ऐनहरू जारी हुन नसकेकाले प्रदेश ऐन तर्जुमा गर्न बाधा परेको उनीहरूले बताएका छन् । संघबाट प्रदेशमा हस्तान्तरण भएका कार्यक्रमलाई पूर्णता दिन पर्याप्त बजेट र तीन तहका योजनाबीच समन्वय गर्ने संयन्त्रको अभाव रहेको उनीहरूको भनाइ छ । संघ, प्रदेश र स्थानीय तहका योजनाबीच समन्वय गर्ने संयन्त्रको निर्माण गर्नुपर्नेमा समेत उनीहरूले जोड दिए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top