इन्डोनेसियामा भूकम्प: मृत्यु हुनेको संख्या ४२ पुग्यो

३ माघ, एजेन्सी ।

इन्डोनेसियाको सुलावेसी द्वीपमा आएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान एउटा सानो भूकम्प गएको एक घण्टापछि ६ दशमलव २ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो ।

उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिसहरुको खोजी भइरहेको स्थानीय प्रहरीका प्रवक्ता स्याम्सु रिद्वानले जानकारी दिए । भूकम्पका कारण सयौं मानिस घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् ।

Advertisement

विनाशकारी भूकम्प र सुनामीका कारण हरेक वर्ष इन्डोनेशिया प्रभावित हुने गरेको छ । सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

मामुजु नगरस्थित एउटा अस्पतालका केही भाग भत्किएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त पाँचतले अस्पतालबाट ६० जनालाई सुरक्षित उद्धार गरिएको थियो । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।

Advertisement

विद्युत् आपूर्ति अवरुद्ध हुँदा तथा टेलिफोनहरु काटिएकाले उद्धारकार्य प्रभावित भएको छ । भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट छ किलोमिटर पर १० किलोमिटर तल रहेको बताइएको छ ।

स्थानीय समयानुसार मध्यरातमा गएको भूकम्पका कारण मानविय क्षति बढी भएको बताइएको छ । भूकम्पलगत्तै सुनामी आउनसक्ने भन्दै तटीय क्षेत्रका हजारौं सर्वसाधारलाई सुरक्षित स्थानतर्फ सारिएको अधिकारीहरुले जनाएका छन् ।

यसैबीच इन्डोनेसियाका राष्ट्रपति जोको विडोदोले भूकम्पबाट भएको क्षतिप्रति शोक व्यक्त गर्दै उद्धार तथा राहतमा कमि आउन नदिन सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top