×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हाइड्रोजन इन्धनको खोजीमा आयल निगम

५ माघ २०७७

काठमाडौँ : डिजेल र पेट्रोलका कारण प्रदूषणको मात्रा बढ्दै गएका समाचार यति बेला नौला रहेनन् । प्रदूषण नियन्त्रण गर्न भनेर विकसित मुलुकले वैकल्पिक उपायबारे खोजअनुसन्धान गरिरहेका छन् । जापान, कोरिया, जर्मनीलगायत मुलुकले हाइड्रोजन इन्धन प्रविधि प्रयोग गर्न थालिसकेका छन् ।

छिमेकी मुलुक भारतकै भारतीय आयल कर्पोरेसन (आईओसी)ले हाइड्रोजन इन्धनबाट चल्ने १५ वटा गाडी बनाउन अर्डर गरिसकेको छ । फोसिल फ्युलको भविष्य उज्ज्वल नदेखेपछि नेपाल आयल निगमले पनि यसको विकल्प खोज्न थालेको छ । यस विषयमा थप अध्ययन अनुसन्धानका लागि गत पुस २४ मा काठमाडौं विश्वविद्यालय (केयू) सँग एमओयूसमेत गरिएको निगमले जनाएको छ ।

Advertisement
Advertisement

‘२०३० पछि फोसिल फ्युलको भविष्य अन्धकार छ । धेरै मुलुकले यसलाई बन्देज पनि लगाउँदै छन् । अबको विकल्प हाइड्रोजन इन्धन नै हो,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने, ‘हाइड्रोजन इन्धन अहिले रकेटमा प्रयोग गरिन्छ । आईओसीले टाटा कम्पनीलाई हाइड्रोजन इन्धन प्रयोग हुने १५ वटा गाडी बनाउन अर्डर गरिसकेको छ । नेपालमा पनि सम्भावना देखेर थप विस्तृत अध्ययनका लागि केयूसँग एमओयू गरेका हौं ।’

नेपालमा सम्भावना देखिए प्रविधि ल्याएर पाइलटिङ गरिने निगमले जनाएको छ । हाल केयूमा ग्रिन हाइड्रोजन ल्याब सञ्चालनमा छ । थप अध्ययनका लागि ल्याबमा सहयोग गर्ने गरी एमओयू गरिएको कार्यकारी निर्देशक पौडेलले बताए । ‘निगमले ल्याबमा सहयोग गर्न लागेको हो । सम्भाव्यता हेरेर उत्पादन नै गर्ने हाम्रो योजना हो,’ उनले भने । यद्यपि हाइड्रोजन इन्धन उत्पादनका लागि कति खर्च लाग्छ भन्ने अध्ययन भइसकेको छैन । कानुन पनि बनिसकेको छैन । केयूसँगको सम्झौतापछि कानुन बनाउने, हाइड्रोजन इन्धनको नीति, लागतलगायतको सम्भाव्यता अध्ययन गरिने उनको भनाइ छ ।

Advertisement

निगमका अनुसार हाइड्रोजन इन्धनका लागि विद्युत् पनि आवश्यक पर्छ । त्यसका लागि विद्युत् प्राधिकरणसँग सम्झौता गरिनेछ । ‘जापानले तीन वर्षभित्र हाइड्रोजन गाडी उत्पादन गर्दै छ । हाइड्रोजन इन्धनको अध्ययन र उत्पादन सुरु गरिएन भने फेरि आयातमै निर्भर हुनुपर्ने बाध्यता आउँछ,’ पौडेलले भने, ‘नेपालमा गाडीको प्रयोग गर्न समय लाग्न सक्छ । तर यहाँ हाइड्रोजन इन्धन उत्पादन गरेर निर्यात गर्न भने सकिन्छ । यसका लागि वातावरण बने ठूलो लगानी भित्रिन्छ, यसको भविष्य पनि राम्रो छ ।’,याे खबर कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top