×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

जनवरी १० मा चीनको खानीमा फसेका २२ श्रमिक जीवितै रहेको सङ्केत भेटियो

५ माघ,एजेन्सी ।

पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेको लक्षण भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Advertisement
Advertisement

खानी भत्किएर पुरिएका उनीहरू एक हप्ता पछि खानीमा जीवित रहेका लक्षणहरू फेला परेका उद्धारकर्ताहरूले बताएका हुन् । उनीहरूको उद्धारका लागि थप प्रयासहरू शुरु भएका चिनियाँ अधिकारीले बताएका छन् ।

खानीमा विस्फोट हुँदा बाहिर निस्किने भर्‍याङ भत्किएका कारण उनीहरू खानीभित्र फसेका हुन् । खानीभित्र रहेका ती मजदूरसँग सम्पर्क भने गर्न सकिएको छैन । जमिनभित्रबाट कसैले ढकढकाएको आवाज आएको उद्धारकर्मीहरूले बताएका तर यो आवाज श्रमिकको नै हो भन्ने पुष्टि भने नभएको बताइएको छ ।

चीनको पूर्वी प्रान्त शान्दोङको किसिया सहर नजिकै रहेको सुन खानीमा रहेका उनीहरूलाई जीवितै उद्धार गर्ने आशा क्षीण बनेको समय उनीहरूमध्ये कोही जीवितै रहेको लक्षण भेटिएको खबरले श्रमिकका परिवार र आफन्तमा उनीहरू जीवित हुने आशा पलाएको छ ।

आइतवार दिउँसो उद्धारकर्मीहरूले खानीमा ‘ड्रिल’ गर्ने क्रममा ‘ढकढक्याइरहेका आवाजहरू’ सुनिएको सिन्ह्वा समाचार एजेन्सीले समाचारमा लेखेको छ । यद्यपि यसलाई पुष्टिकरणको आवश्यकता रहेको समाचारमा उल्लेख छ ।

Advertisement
Advertisement

स्थानीय अधिकारीहरूले खानीमा खाद्यान्न र टेलिफोन लाइनहरू पठाउने योजना बनाएका छन् । शान्दोङ इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको स्वामित्वमा रहेको खानीमा दुर्घटना हुँदा श्रमिकले खानीलाई सुरक्षित पार्ने काम गरिरहेको बताइएको छ । विष्फोटनको विषयलाई लिएर खानीसँग जोडिएका दुई अधिकारीलाई बर्खास्त गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top