अमेरिकालाई आप्रवासी नीतिमा परिमार्जन गर्न मेक्सिकोको सुझाव

६ माघ, एजेन्सी ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अमेरिकासँग उसको आप्रवासी नीतिमा महत्वपूर्ण परिमार्जन गर्न सुझाव दिएका छन्।

छिमेकी देश ग्वाटेमालामा मध्य अमेरिकी देशका हजारौँ आप्रवासीलाई प्रहरीले रोकेका बेला लोपेजले यस्तो आग्रह गरेका हुन्। आप्रवासी समस्या समाधानलाई लिएर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले मेक्सिको तथा अरु देशसँग सहकार्य गर्ने आशा रहेको लोपेजले बताएका छन्।

मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने लक्ष्यसहित झण्डै सात हजार आप्रवासी ग्वाटेमाला पुगेका छन्। उनीहरुलाई त्यहाँ प्रहरीले रोकेको छ। यी आप्रवासी मध्ये अधिकांश होण्डुरसका छन्। उनीहरु मेक्सिको हुँदै अमेरिकाको सीमासम्म पुग्ने चाहनामा छन्।

Advertisement

हरेक वर्ष मध्य अमेरिकी देशबाट दशौँ हजार आप्रवासी पैदल यात्रा गरेर अमेरिका प्रवेशको प्रयास गर्छन्। आप्रवासीको यो समूहलाई ‘काराभान’ का रुपमा चिनिन्छ।

अवैध रुपमा सीमा पारका गतिविधि रोकिनु पर्नेमा जोड दिएका लोपेजले सबै आप्रवासीको अधिकारको भने सम्मान गरिनु पर्ने बताएका छन्।

Advertisement

जनवरी २० मा सत्ता सम्माल्दै गरेका बाइडेनले आप्रवासी नीतिमा परिमार्जनको प्रतिवद्धता पूरा गर्नेमा आशावादी रहेको मेक्सिकोका राष्ट्रपति लोपेजले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top