प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हाएको छः प्रचण्ड

५ माघ ७७, मंगलबार

६ माघ, काठमाडौं ।
प्रतिनिधिसभा विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ’ उनले भने ।

आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डले बताए । उनले अघि भने, ‘विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेका छौं ।’

Advertisement

संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको प्रचण्डले बताए । संविधानसभा जनताको आन्दोलनबाट आएको र यसको रक्षाका लागि अब जनतामै जाने उनले बताए ।

प्रचण्डले भने, ‘मैले त बुझेको छु, अब केपीको हातमा केही छैन । जुन दिन उहाँले संसद भंग गर्न सिफारिस गर्नुभयो, त्यो दिनबाट उहाँको हातमा केही छैन, अब अन्तै छ चिजहरु ।’ यस्तै उनले पूर्वएमालेलाई विश्वासमा किन लिन नसकेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

उनले पूर्वएमालेमा खेलेको भन्ने आरोपलाई चिर्दै भने, “पूर्वएमालेमा मैले खेलेँ भन्नुहुन्छ उहाँले । म के भन्छु भने ५० वर्षदेखि काम गरिरहेका, कोहीले १५ वर्षदेखि गरेका, कोहीले १० वर्ष पार्टीको नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्री भइसकेका ।

देशको राजनीतिक रुपमा स्थापित व्यक्तिवलाई तपाईं ५० वर्षदेखिसँगै हुनुहुन्थ्यो, तपाईंले विश्वासमा लिन नसक्ने, भर्खरै एकता गरेको प्रचण्डले सजिलै विश्वासमा लिन सक्ने कसरी भयो कमरेड केपी ओलीजी ?’’

उनले सचिवालयमा र स्थायी कमिटीमा बहुमत रहेको पूर्वएमालेलाई विश्वासमा लिन नसकेको र आफूलाई आरोप लगाएको बताए ।

“सचिवलायमा अत्याधिक बहुमत रहेको पूर्वएमालेलाई विश्वासमा लिन नसक्ने । आफ्नो अनुहार ऐनामा किन हेर्नु हुन्न ? स्थायी कमिटीमा नि बहुमत हुँदा प्रचण्ड नै ठिक भन्ने बनाएको केपी ओलीले कि प्रचण्डले ?,’’ उनले भने ।

केन्द्रीय कमिटीमा ७० प्रतिशतभन्दा बढी प्रचण्ड–माधवको पक्षमा आउने वातावरण ओलीको निरकुंश प्रवृत्तिले बनेको उनले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top