×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मध्यावधि निर्वाचन कार्यक्रममा सहभागी हुन कांग्रेसले पठायो सबै जिल्लाहरुमा सर्कुलर

७ माघ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका कार्यक्रमहरुमा सहभागी हुन सबै जिल्लाहरुमा सर्कुलर पठाएको छ ।

नेपाली कांग्रेसले निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद विघटन गरी वैशाख १७ २७ का लागि मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।

Advertisement
Advertisement

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमाबार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेको खुलेको छ ।

आयोगले १५ माघदेखि २१ सम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । १८ वर्ष उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि ७५३ स्थानीय निकायमा आयोगले पत्र पठाएको थियो ।

निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झुठो विवरण दिई मतदाता बनेको भए उजुरी दिनेलगायतका कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ । त्यसैलाई सहयोग हुने गरी सहभागी हुन कांग्रेसले परिपत्र जारी गरेको हो ।

गत साता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरूसँग छलफल गरेको थियो ।
संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस विरोधमा उत्रिएको कांग्रेसले निर्वाचन सम्बन्धि कार्यमा सहयोग गर्ने परिपत्र गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिनिधि सभा विघटनलाई लिएर कांग्रेसमा दुई मत देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्र्थापनामा जोड दिएका छन् भने सभापति देउवा नयाँ निर्वाचनको पक्षमा देखिएका छन् । कांग्रेसले औपचारिक रुपमा सर्वोच्च अदालतको निर्णय स्वीकार गर्ने बताउँदै आएको छ ।

Advertisement

 

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top