भारतले रोकेन महाकालीमा एकतर्फी तटबन्ध, नेपालले गरेको आग्रहलाई बेवास्ता

दार्चुला : काम रोक्न नेपाली पक्षले गरेको आग्रहलाई उपेक्षा गर्दै भारतले महाकालीमा एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमामा संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय सहमतिविपरीत दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल पारिपट्टि नदी क्षेत्र मिचेर भारतले आफूखुसी तटबन्ध बनाइरहेको हो ।

भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय सीमामा तटबन्ध निर्माण थालेपछि काम रोकेर दुई देशबीच यसअघि भएको सहमतिअनुसार अघि बढ्न नेपालका तर्फबाट अनुरोध गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत महिना नै २०७० असारमा आएको बाढीले धार परिवर्तन गरी नदी वारि ९नेपाल० आए पनि उक्त भूभाग नेपालको भएको सार्वजनिक जानकारी भारतलाई दिइसकेको छ । जिल्ला प्रशासनले गत पुस २ गते सीमा नदी मिचेर भइरहेको तटबन्ध निर्माण रोक्न आग्रह गर्दै भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल कार्यालयलाई पत्र पठाएको थियो । त्यही पत्रको बोधार्थ गृह मन्त्रालयलाई पनि पठाइएको थियो ।

Advertisement

काम नरोकिएपछि पुस ५ र २० गते गृह मन्त्रालयलाई पुनः पत्र पठाइएको थियो । गृहमार्फत परराष्ट्र मन्त्रालयलाई पत्र पठाइए पनि निर्माण कार्य नरोकिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार पत्राचारपछि गत पुस अन्तिम साता नापी विभागको टोली स्थलगत निरीक्षणका लागि आएको थियो । ‘यहाँका बारेमा गृह मन्त्रालयलाई मौखिक जानकारी गराउँदै आएका छौं,’ उनले भने, ‘पछिल्लो समय माथिल्लो निकायबाट लिखित कुनै जानकारी आएको छैन ।’ नापी विभागका प्रमुख नापी अधिकृत जयानन्द जोशीले स्थलगत निरीक्षणपछि परराष्ट्र मन्त्रालयलाई माघ ५ गते प्रतिवेदन बुझाएको जानकारी दिए । ‘मन्त्रालयले प्रतिवेदनमाथि लेखापढी गरिरहेको होला,’ उनले भने ।

Advertisement

परराष्ट्र मन्त्रालयले भने महाकाली नदीमा एकतर्फी बनाइँदै गरेको तटबन्धबारे पछिल्लो सूचना नरहेकाले यसमा तत्काल केही प्रतिक्रिया दिन नमिल्ने जनाएको छ । परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले यसबारे आवश्यक सूचना र जानकारी लिएर मात्रै केही बोल्न सकिने बताइन् । यसबारेमा सरोकार राख्न खोज्दा दिल्लीस्थित नेपाली दूतावासका अधिकारी सम्पर्कमा आउन चाहेनन् । याे समाचार कान्तिपुर दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top