×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026

काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

१२ माघ २०७७

१२ माघ, काभ्रे ।
पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको छ ।

सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई उक्त खोप दिन आवश्यक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ ।

पोष्टले अग्रभागमा काम गर्ने ७४९ सरकारी स्वास्थ्यकर्मी, एक हजार ३६८ निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, ९५५ महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहको सरसफाइ क्षेत्रमा कार्यरत १११, निजी क्षेत्रका स्वास्थ्य संस्थाका सरसफाइमा कार्यरत २२८ लाई पहिलो चरणको कोरोना सुई लगाइने जनाएको हो ।

यसैगरी कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटेका १२६ सुरक्षाकर्मी तथा अस्पतालका सुरक्षा गार्ड र ४४ एम्बुलेन्स चालकलाई खोप लगाउने तयारी भइरहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।

माघ १४ गतेदेखि नमोबुद्ध नगरपालिकास्थित प्रादेशिक मेथिनकोट अस्पताल र धुलिखेल अस्पतालबाट उक्त सेवा उपलब्ध हुने तयारी भइरहेको छ । कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत उक्त खोप दिइन लागेको हो ।

“भ्याक्सिन अघिल्लो दिन सम्बधित अस्पताल आइपुग्ने तयारी भइरहेको छ, दुई अस्पतालबाट स्थानीत तह÷भेग र सेवाक्षेत्र अनुसार भ्याक्सिन सेवा उपलब्ध गराउने तयारी गरेका छौँ”, डा झाले भने ।

उनका अनुसार भ्याक्सिनपछि केहीको स्वास्थ्यमा नकारात्मक देखिनसक्ने भएकाले दुई अस्पतालमा नै ‘आकस्मिक बेड’ तयारी अवस्थामा राखिनेछ । पहिलो चरणमा पनि एक व्यक्तिलाई दुई पटकअर्थात् दुई हप्ताको फरकमा अर्को खोप लगाइनेछ ।

भारत सरकारले गत हप्ता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएको थियो । यसैबीच काभे्रपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ लागेको छ । आइतबार कोही पनि सङ्क्रमित देखिएनन् तर पनौती नगरका एक ७४ वर्षका कोरोना सङ्क्रमित वृद्धको मृत्यु भयो ।

गत पुस २९ गते सङ्क्रमण पुष्टि भएका ती वृद्धको मृत्यु भएपछि आइतबारसम्ममा काभ्रेपलाञ्चोकका ४५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ पुरुष र १४ महिला रहेको पोष्टले जनाएको छ ।

साथै अन्य जिल्लाका काभ्रेपलाञ्चोकस्थित अस्पतालमा कोरोना भाइरस् सङ्क्रमण उपचारका क्रममा १२ पुरुष र चार महिलाको मृत्यु भएको छ । शनिबार पनौतीकै एक पुरुष तथा शुक्रबार पनि धुलिखेलका एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

त्यअघिका दिनमा पनि केहीमा मात्रै कोरोना सङ्क्रमण देखिएको डा. झाले बताए । उनले भने, “आवश्यकतामा मात्रै परीक्षण हुने गरेको छ, जोखिम घट्दै गएकाले कन्ट्याक्ट टे«सिङ पनि गर्न आवश्यक देखिएको छैन ।” उनका अनुसार पछिल्लो हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने गरेको हो ।

पोष्टका अनुसार हालसम्म जिल्लामा तीन हजार ३२४ मा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित एक हजार ९७० पुरुष र एक हजार ३५४ महिलामध्ये तीन हजार २४९ अर्थात् ९७ दशमलव ७४ प्रतिशत सङ्क्रमणमुक्त भइसकेका छन् ।

सङ्क्रमणमुक्त हुनेमा एक हजार ९३९ पुरुष र एक हजार ३१० महिला हुन् । हाल जिल्लाका १६ महिला र १४ पुरुष सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये एक महिला अस्पताल र बाँकी सबै होम आइसोलेशनमा उपचाररत रहेको पोष्टले जनायो ।

हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये छ तह पाँचखाल र नमोबुद्ध नगरपालिका तथा रोशी, महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिका सङक्रमणमुक्त भएका छन् ।

हाल बनेपा नगरमा १४, धुलिखेलमा चार, पनौतीमा आठ, मण्डनदेउपुरमा एक तथा भुम्लु गाउँपालिकामा एक, बेथानचोकमा एक र तेमाल गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् ।(रासस)

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top