१२ माघ, काठमाडौं । नेपालमा आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४०१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ६९ हजार ७८९ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ ।
कोरोना संक्रमणबाट आजै थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०११ रहेको छ ।
देशभर आज सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४० पुगेको छ भने क्वारेन्टिनमा १३२ जना छन् ।