×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

बेलायतमा महामारीको बावजुद विद्यालय खोल्न प्रधानमन्त्रीलाई दबाब

१३ माघ २०७७

१३ माघ, एजेन्सी ।

बेलायत सरकारले इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि बढ्दो दबाबको सामना गर्नु परेको छ । सांसदहरूले विद्यालहरू महिनौंसम्म बन्द रहनसक्ने रिपोर्टबारे बहस चलाएपछि सरकारलाई विद्यालय खोल्नका लागि दबाब परेको हो ।

प्रधानमन्त्री बोरिस जोनसनको सत्तारूढ कन्जर्भेटिब्स पार्टीका एक दर्जन सांसदहरूले महामारीका कारण ‘बिर्सिएका पीडित’ का रूपमा विद्यार्थीहरू पर्ने खतरा देखिएको भन्दै विद्यालयहरूलाई शीघ्र पूर्ण रूपमा खोल्नका लागि माग गरेका छन् ।

समूहमा पूर्व मन्त्री एस्टर म्याकवे र कन्जर्भेटिभ सांसदहरूको प्रभावशाली समितिका प्रमुख ग्राहम ब्रैडीले यस मुद्दामा अभिभावकको दबाब समूह अभियानको समर्थन गरेका छन् ।

“हामीले आफ्ना बच्चाहरूको निरन्तर कक्षा सञ्चालनमा जोड दिन जरुरी छ,” बेलायतको संसदको शैक्षिक निगरानी समितिका अध्यक्ष तथा सांसद रोब हाफनले ट्वीटमार्फत सम्प्रेषण गरेको सन्देशमा भने ।

उनले भने, “सरकारी संयन्त्रले हाम्रा विद्यालयहरू खोल्ने दिशामा निर्देशित हुनुपर्दछ अन्यथा हामीहरू शैक्षिक गरिबी र मानसिक स्वास्थ्यको महामारीको सामना गर्नुपर्नेछ ।”

यद्यपि हाफनको सोमबारको यो अडानले संसदमा यथोचित ध्यानाकर्षण गर्न नसकेको देखिएको छ । बेलायती संसद ‘हाउस अफ कमन्स’का सभामुख लिन्जी होयलले यसलाई विषयान्तर गर्दै संसदीय छलफललाई अघि बढाएकी थिइन्।

उत्तरपश्चिम लन्डनमा एउटा खोप स्थलको भ्रमणको क्रममा प्रधानमन्त्री जोनसनले बेलायती अधिकारीहरूले दैनिक प्रमुख तथ्याङ्कहरूको समीक्षा गरिरहेका बताएका थिए। उनले विद्यालयका विषयमा शिक्षक र अभिभावकहरूलाई सरकारले सकेसम्म चाँडो सूचना जारी गर्ने आश्वासन दिएका छन् ।

जोनसनले भने, “विद्यालयहरू स्पष्टतः प्राथमिकतामा हुनेछन् तर मलाई लाग्दैन कि कसैले पनि प्रतिबन्ध यति छिट्टै हटाउन चाहन्छ । किनकि सङ्क्रमणको दर अझै धेरै छ र यसले सङ्क्रमण दरलाई थप फैलाउन सक्छ ।”

कोभिड–१९ संक्रमण बढेपछि बेलायतले तेस्रो पटक नियन्त्रणका उपायस्वरूप लकडाउनलाई निरन्तरता दिने निर्देशन दिएको छ । सेप्टेम्बरमा दक्षिण पूर्व इ भ्लनबिलम्ल्यान्डमा पहिलो पटक पहिचान गरिएको थप संक्रामक भाइरस प्रकारको उद्भवको लागि वृद्धिलाई जिम्मेवार ठहराइएको छ।

बेलायतले लकडाउन वृद्धि गर्नुपर्नाको कारण दक्षिणपूर्वी क्षेत्रमा भेटिएको सङ्क्रमण फैलावटका दृष्टिले बढी खतरनाक मानिएको भाइरसलाई जिम्मेवार देखाएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top