×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

महोत्तरीमा कोरोनाविरुद्धको खोप लगाउने कार्य सुस्त

१६ माघ २०७७

१६ माघ, महोत्तरी ।
महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ ।

फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर सुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

“पहिलो दिन १३५ जनालाई खोप दिने लक्ष्य थियो तर ३८ जनाले मात्र यो सेवा लिए”, स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ नियन्त्रण अभियानका स्रोत व्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने, “कतिपयमा खोपबारे रहेको भ्रमले प्रारम्भिक चरणमा सेवा लिने कम देखिएका हुन् ।”

यद्यपि यो भ्रम चिरिँदै जाने र केही दिनभित्रै सेवाबारे विश्वसनीयता बढ्ने झाको विश्वास छ । महोत्तरीमा दोस्रो दिन बिहीबार २६१ जनाले खोप लिएको कार्यालयले जनाएको छ ।

एक साताभित्र दुई हजार २३० जनालाई खोप दिइने कार्यालयको लक्ष्य छ । खोपबारे सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि सुरुका दिनमा डरले खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ ।

“अस्पतालका चिकित्सक, स्वास्थ्य कार्यालयका प्रमुखसहित हामी सबैले देख्ने गरी खोप लगाएका छौँ”, जनस्वास्थ्य निरीक्षक झाले भने, “अब भ्रम हट्दै जान्छ र सेवा लिनेको सङ्ख्या बढ्छ ।”

जिल्लामा कोभिशिल्ड नामको यो खोप पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शववाहन र एम्बुलेन्स चालक, सुरक्षाकर्मी र अग्रपङ्तिमा रहेर काममा लाग्नुपर्ने सामाजिक अभियानकर्मीलाई दिइने गरी प्राथमिकता निर्धारण गरिएको छ ।

पहिलो दिन जलेश्वर अस्पतालका मेडिकल अधिकृत डा प्रभातकुमार गामीले वरिष्ठ स्वास्थ्यकर्मी (अनमी) कला चौधरीबाट खोप लिएर यो सेवा प्रारम्भ गरेका थिए।

जलेश्वर अस्पतालकक्षमै सञ्चालन गरिएको यो सेवा क्रमशः जिल्लाका अन्य अस्पतालमा पुर्‍याइने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । अहिले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयमा कार्यरतले धमाधम खोप लिइरहेका खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिए।

जिल्लामा पहिलो चरणमा २४३ डोज खोप आएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । प्रत्येक भाइलमा १० जनालाई खोप लगाउन मिल्ने र कूल दुई हजार २३० जनालाई पहिलो चरणमा यो सेवा दिइने खोप अधिकृत झाले जानकारी दिए।

पहिलोपटक खोप लिएकाहरुले चार सातापछि अर्को खोप लिनेछन् । थप खोप प्राप्त हुँदै गएपछि क्रमशः जनस्तरमा यो सेवा प्राथमिकता निर्धारण गरेरै विस्तार गरिँदै जाने कार्यालयले जनाएको छ ।(रासस)

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top