×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

लोपोन्मुख गिद्ध दैलेखमा देखिन थाले

१७ माघ, दैलेख । विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो ।

मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी भएका छन् । मरेको सिनो खाएर वातावरणलाई स्वच्छ बनाएर दिने गिद्ध मानिसका लागि सहयोगी हुन् ।

बिरामी पशुलाई दुखाइ र ज्वरो कम गर्नका लागि प्रयोग गरिने डाइक्लोफेनेक औषधिको अत्याधिक प्रयोग हुन थालेदेखि त्यस्ता मरेका पशु खाँदा गिद्धसमेत मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले बताए ।

उनले भने, ’डाइक्लोफेनेक औषधि प्रयोग गरिएको सिनो खाँदा गिद्धको मिर्गौलामा असर पर्न गएर मर्ने, बाँचेकामा पनि बाँझो आउने अुनसन्धानबाट खुलेपछि जिल्लालाई २०६६ सालमा डाइक्लोफेनेकमुक्त घोषणा गरिएको थियो ।’ आजभोलि जिल्लाका विभिन्न ठाउँमा आकाशमा फाटफुट गिद्ध देखिन थालेपछि डाइक्लोफेनक औषधिको प्रयोग भएको छैन भन्ने अनुमान गरिएको छ । गिद्धको सङ्ख्या बढ्नु आमनागरिकका लागि खुशीको कुरा हो प्रमुख विष्टले थपे ।

डाइक्लोफेनेकमुक्तपछि जिल्लाका विभिन्न ठाउँका सिमल, सल्लाको रुखमा गिद्धले गुँड लगाउनेको गरेको ठाटीकाँध गाउँपालिका–१ का वडाध्यक्ष नर्तमबहादुर बुढाले बताए । ’एक दशकसम्म हामीले गिद्ध देखेका थिएनौँ । गिद्ध नहुँदा मरेको गाईगोरुले वातावरणलाई दूषित बनाएको थियो । तीन वर्षयता गाउँपालिकाका जङ्गलमा गिद्धले गुँड लगाउने गरेको देखिएको छ’, उनले भने । गिद्धको वासस्थानको लागि सिमलको रुख फँडानी गर्दा गिद्ध देखा पर्न छोडेको स्थानीयवासीले बताउँछन् ।

गिद्धका लागि सिमलको रुख काट्नाले गिद्ध लोप भएको स्थानीयवासीको बुझाइ छ । नेपाल सरकारले सिमलको रुखलाई पनि गिद्ध उचित वासस्थान हो मानेर रुख कटानमा प्रतिबन्ध लगाएको छ ।

मरेको सिनो खाएर गिद्धले सरुवा रोग हैजा, झाडापखालालगायतका रोगबाट मुक्त बनाइदिने भएकाले संरक्षणका लागि गाउँबस्तीका मानिसले औषधि प्रयोग गरिएको सिनो गाड्ने र वासस्थानको लागि सिमलको रुखलाई संरक्षण गर्नु पर्ने दैलेख पशु अस्पताल कार्यलयका निमित्त अधिकृत विष्टले बताउँछन् ।

नेपालको एकमात्र लोपोन्मुख जाति राउटे समुदायले सिमलको रुखबाट भाँडाकुँडा बनाएर जीविकापार्जन गर्दै आएकाले यसको रोकथामको लागि राउटे समुदायमा काम गर्ने सङ्घसंस्थाले जनचेतना जगाउनुपर्ने उनको भनाइ छ । राउटेको जीवन प्रकृतिसँग हुर्किने भएकाले प्रकृतिका कुचिकर मानिएका गिद्धको संरक्षणका बारेमा उनीहरुमा जनचेतना जगाउनुपर्छ र सिमलको रुख काट्न रोक लगाउनु पर्ने हुन्छ ।

हिन्दू धर्ममा शनि देवताको बहानको रुपमा चिनिने यो पंक्षी धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउने पहल गरेको उल्लेख गरिएको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये दैलेखमा पाँच प्रजातिका हिमाली गिद्ध, हाडफोर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध, डङ्गुर गिद्ध पाइने नेपाल पंक्षी संरक्षणका जीवविज्ञान कृष्णप्रसाद भुसालले जानकारी दिए ।

नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बती मूलका लामा समुदायमा अहिले पनि आफन्तको शव गिद्धलाई खुवाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रुपमा पुज्ने गर्छन् । गिद्ध खाद्य शृङ्खलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्त्वपूर्ण सूचक मात्र नभएर कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर रहेको छ ।

अझै गिद्धलाई संरक्षण गर्न स्थानीय सरकार, राजनीति दल विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले डाइक्लोफेनेकलगायत अन्य विषादीलाई रोकथाम नियन्त्रण र स्थानीयवासीमा जनचेतना जगाउन सके गिद्ध संरक्षणमा फाइदा पुग्ने वातावरण संरक्षणवादीहरुको तर्क छ ।

विसं २०६३ जेठ २३ नेपाल सरकारले गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो । गिद्ध, तथा अन्य चराचुरुङ्गी वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्री वितरण लागि प्रयोगमा ल्याएको छ ।

गिद्धले एकैपटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ । नेपाल पंक्षी संरक्षण सङ्घ काठमाण्डौको अध्ययनअनुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ । (रासस)

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top