१७ माघ, विराटनगर । नेपालमा आज थप १०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३५० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७० हजार ८५४ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ ।
कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०२७ रहेको छ ।
देशभर आज सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ७९ पुगेको छ भने क्वारेन्टिनमा १०९ जना छन् ।