प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न: अयोध्यापुरी नै रामको जन्मभूमि हो भन्न किन सक्नुहुन्न ?

१७ माघ ७७, शनिबार
Share this
694shares

१७ माघ,चितवन।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको आफ्नै निर्वाचन क्षेत्र अयोध्यापुरी रामको जन्मभूमि हो भन्न किन नसकेको भन्दै पुष्पकमल दाहाल, प्रचण्डलाई प्रश्न गरेका छन् । चितवनमा आज आयोजित जनसभामा संबोधन गर्दै ओलीले प्रचण्डले आफ्नो मालिक रिसाउला भनेर राम जन्मभूमिबारे केही नबोलेको बताए ।

‘चितवनको यसै निर्वाचन क्षेत्रबाट जितेको सांसद रामको जन्मभूमि अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा किन चुइक्क बोल्न सक्नुहुन्न । कस्को डरले बोल्न सक्नुभएको छैन । किन राम जन्मभूमि अयोध्यापुरी नै हो भन्न सक्नुहुन्न ? कस्को भक्तिका लागि हो ?,’ प्रचण्डप्रति कडा प्रहार गर्दै प्रधानमन्त्री ओलीले भने।

Advertisement

उनले प्रचण्डले राष्ट्रियताको सवालमा आफूलाई मयुर भन्ने गरे पनि त्यो संभव नभएको बताए । ‘मयुरको प्वाख लगाउँदैमा अर्काे चरो मयुर हुँदैन, त्यो चरो त्यही रहन्छ । राम जन्मभूमिबारे किन बोल्न सक्नुहुन्न ? कस्का डरले बोल्नुहुन्न ? थाह भइसकेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले प्रचण्डले केही नगर्न चाहे पनि चितवनमा बिकाशको लहर आफूले ल्याउने र पूर्ववत घोषणा गरिएका सवै काम गर्ने प्रतिवद्धता जनाए । ‘उहाँ (प्रचण्ड) हरु आत्तिनु होला, बर्बराउनु होला, बिकाश हुनेभयो भनेर, उहाँहरु आत्तिएपनि हुन्छ, अव नारायणीमा तटबन्ध हुन्छ, बनाएर छाडिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

Advertisement

प्रधानमन्त्री ओलीले भरतपुर महानगरकी मेयर प्रचण्डपुत्री रेनु दाहाललाई इंगित गर्दै भने, ‘बिकाशको काम छाडेर मेयर पिक्निक खान जानुभयो होला, उहाँ जता गएपनि हामीले २ हजार सभाहलको सिलान्याश गरेका छौं, बाटो चौडा गर्ने कामको सिलान्याश गरिरहेका छौं ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top