×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री बन्न मनभए निर्वाचनमा सहभागी हुनुहोस् : गृहमन्त्री थापा

१७ माघ २०७७

१७ माघ, चितवन।

गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नै पार्टी फुटाउने र आफ्नै सरकार ढालेर देशलाई अस्थिरतामा धकेल्न खोज्ने पुष्पकलम दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरूको कदमचाँही प्रतिगमनकारी भएको बताएका छन् । आज चितवनमा आयोजित नेकपाको जनसभालाई संवोधन गर्दै गृहमन्त्री थापाले सरकारको कदम संवैधानिक भएको बताए। उनले भने, ‘ यो विशाल जनसमुदायको जनसभाले नै पुष्टि गर्छ सरकारको कदम संवैधानिक छ ।’

Advertisement
Advertisement

सविधानको निर्माता र व्याख्यता जनता भएको भन्दै असंवैधानिक भन्नेलाई अहिलेको सभाले जवाफ दिएको थापाले बताए । देशभर निर्वाचनको माहोल सुरु भएको भन्दै उहाँले आधा युद्ध जितिसकेको बताए। ‘हाम्रो पार्टीले नयाँ युद्ध आधा जितिसकेको छ र आगामी निर्वाचन पनि जित्ने छ ।’ उनले भने ।

सरकारले उठाएका कदम र कामलाई जनसभाले अनुमोदन गरेको गृहमन्त्री थापाले बताए।फुटको र गुटको पक्षममा जनता नभएको भन्दै उनले जनता एकता र जुटको पक्षमा रहेको बताउनुभयो । उहांँले फुट र गुटवादीलाई जनसभाले जवाफ दिएको बताए । यो देशमा शान्ति र स्थायित्व चाहिने भन्दै उहाँले जनताको लागि विकास र प्रगति आवश्यक रहेको थापाको भनाई थियो ।

संसद विघटनको उद्धेश्यलाई स्पष्ट पार्दै थापाले भन्नुभयो,‘उनीहरुको षडयन्त्रलाई विफल पार्न सरकारले कदम उठाएको हो, अस्थिरता चाहनेहरुको षडयन्त्र रोक्नका लागि संसदको विघटन गरिएको हो ।’उनले भने ।उनले प्रचण्ड समुहलाई इगित गर्दै निर्वाचनमा सहभागी हन आग्रह गरे । ‘नेकपाको झण्डामुनी आउनुस्, गोलबन्द हुनुहोस्, पार्टीमा पुन फर्किनुस् गल्ती स्वीकानुहोस् ।’ उनले भने ।

देशलाई अस्थिरताको भुमरीमा होम्न प्रचण्ड–नेपालहरू सक्रिय रहेको भन्दै उनले तीन तीन पटक प्रधानमन्त्री भएर अवशर पाउँदासमेत प्रचण्ड र बाबुरामले युद्धका घाइते, सहिद परिवार र योद्धाका लागि केही गर्न नसकेको बताए । उनले बरु आफ्नो सरकारले घाइतेहरूको निःशुल्क उपचार र बेपत्ता परिवाहरुको लागि परिचयपत्र सहित छुट्टै व्यवस्था गरिरहेको बताए ।

Advertisement

गृहमन्त्री थापाले सिंगोदेश निर्वाचनमा होमिसकेको बताए। प्रधानमन्त्री हुन अवशर खोजेर बसेकाहरूले निर्वाचनमा भाग लिनुपर्ने बताए ।उनले भने,‘अवशरवादीहरुलाई पनि म आमन्त्रित गर्न चाहन्छु,निर्वाचनमा सहभागी हुनुहोस्, प्रधानमन्त्री हुने अवशर निर्वाचन हो । उनले भने,‘आउनुहोस्, हेर्नुहोस् जनता हामीसँग छन्, निर्वाचन जित्ने भए हामीसँग आउनुहोस् मतपत्र च्यात्न आवश्यक छैन, जनता हामीसँग छन् ।’

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top