देवघाटमा ९८ वर्षीया बृद्धालाई कोभिड खोप लगाईँदै

१८ माघ ७७, सोमबार

दमौली: तनहुँको देवघाट गाउँपालिकामा ९८ वर्षीया बृद्धालाई कोभिडविरुद्धको खोप लगाईएको छ । देवघाट क्षेत्र विकास समिति अन्तर्गतको समाजकल्याण केन्द्र ज्येषठ नागरिक आश्रममा बस्दै आउनुभएकी ९८ वर्षीया अगमकुमारी उपाध्यायलाई आइतबार कोभिडविरुद्धको खोप लगाई देवघाट गाउँपालिकामा खोप अभियान सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

बृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिक अधिकांश ८० वर्ष माथिका हुनुहन्छ । बृद्धबृद्धाहरु दैनिक विभिन्न व्यक्तिले उपलब्ध गराउने भोजन ग्रहण गर्ने र कोभिडको निकै जोखिममा पर्ने भएको कारण सबैभन्दा पहिला बृद्धबृद्धालाई कोभिड खोप लगाइएको बुढाथोकीले बताउनु भयो ।

आइतबार बृद्धाश्रममा बस्ने ३४ जना बृद्धबृद्धा, १३ जना आश्रमका कर्मचारी, ५० जना महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यकर्मी, ३ जना सरसफाई कर्मी, ३ जना नगर प्रहरी १ जना एम्बुलेन्स चालक गरी १०४ जनालाई कोभिडविरुद्धको खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले बताउनुभयो ।, यो खबर गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top