भारतले बाटो बनाउने क्रममा महाकालीमा खसालेको चट्टान पन्छाउने काम जारी

२१ माघ, काठमाडौँ । बाटो बनाउने क्रममा दार्चुलाको महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु भएको छ । अहिले भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्मा क्षेत्रमा चट्टान खसेको थियो । पहिरो खसेको ठाउँ दार्चुलाको ब्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ । महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सतर्कताका लागि जिल्ला प्रशासन कार्यलय कन्चनपुरले अनुरोध गरेसँगै नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली चट्टान झरेको ठाउँमा पुगेर फर्किएको छ । टोलीले चट्टानका कारण धेरै जोखिम भने नरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top