गर्भवती महिलाले पनि चिकित्सकसँग परामर्श लिएर कोरोना खोप लगाउन सक्नेः डब्लुएचओ

२१ माघ, काठमाडौँ । विश्व स्वास्थ्य संगठनले गर्भवती महिलाले पनि चिकित्सकसँग परामर्श लिएर कोरोना भाइरसविरूद्धको खोप लगाउन सक्ने जनाएको छ ।

यसअघि गर्भवती महिलाले खोप लगाउन नहुने बताउँदै आएको संगठनले निर्देशिका परिवर्तन गर्दै अब उच्च जोखिममा रहेका गर्भवती महिलाले खोप लिन सक्ने जनाएको हो। त्यसका लागि गर्भवती महिलाले चिकित्सकसँग उचित परामर्श लिन सुझाइएको छ।

अहिले विश्वभर कोरोनाविरूद्धको खोप अभियान चलिरहे पनि यो गर्भवती महिला र १८ वर्षमुनिका बालबालिकामा प्रयोग गरिएको छैन ।

Advertisement

फाइजर-बायोटेक र मोर्डेना जस्ता कम्पनीले विकास गरेको खोप गर्भवती महिलामा प्रयोग नगरिए पनि केही जनावरमा प्रयोग गर्दा त्यसको कुनै असर देखिएको छैन ।

तर अझै पनि संगठनले गर्भवती महिलालाई खोप लगाउन प्रत्साहन गरेको छैन। हाललाई संक्रमणको उच्च जोखिम क्षेत्रमा काम गर्ने गर्भवती स्वास्थ्यकर्मीहरूलाई भने खोप लगाउन भनिएको छ।

Advertisement

अमेरिकाको कोभिड विज्ञ समूहमा कार्यरत डाक्टर डेनिसी ज्यामिसनले विश्व स्वास्थ्य संगठनको उक्त निर्णयप्रति खुसी व्यक्त गरेकी छन् ।

उनी कार्यरत संस्थाले पनि यसअघिदेखि नै फाइजर र मोर्डेना कम्पनीलाई गर्भवती महिलामा पनि खोप परीक्षण गर्न सुझाएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top