×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

केरूङमा थन्किएका सामग्री नेपाल भित्र्याउने पहल शुरू

२२ माघ २०७७

२२ माघ, रसुवा ।

कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ । कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला प्रशासन कार्यालय रसुवा आवश्यक पहल शुरु गरेको हो ।

चीनबाट नेपाली व्यवसायीले मगाएका सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याउन ल्हासास्थित वाणिज्य दूतावास एवं चिनियाँ भन्सार प्रतिनिधिसँग कुराकानी भइरहेकाले सम्भवतः चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै केरूङमा थन्किएका मौज्दात सामान छिट्टै रसुवागढी पुग्ने अपेक्षा गरिएको चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

दैनिक सयौँ कन्टेनरबाट माल सामग्री आयात हुने रसुवागढी नाकामा कोरोनाको समस्या उत्पन्न हुनासाथ नेपाली कन्टेनर केरूङ जान नपाएको र आयात भएका थोरै सामानले यहाँका कन्टेनरलाई ढुवानीको भाग नपुग्दा ऋण गरेर ट्रक तथा कन्टेनर खरिद गर्ने सवारी साधनका धनी भने ठूलो मर्कामा परेका छन् ।

कोरोनाविरुद्धको खोप अभियान शुरू भइसकेको र समुदायमाझ रोगको असरसमेत कमी हुँदै गएकाले ढुवानी व्यवसाय सहज पारिदिन आग्रह गरिएको याहाँका व्यवसायीले बताएका छन् । यस्तै कोरोनाको असरले घरभाडामा लिएर केरूङमा व्यापार व्यवसाय गर्दै आएका नेपालीसमेत ठूलो मर्कामा परेका छन् । देश लकडाउन हुना साथ स्वदेश फर्केका २५ भन्दा बढी नेपाली व्यवसायी केरूङ जान नपाउँदा पसल बन्द गरी राखिएको र अन्य आयस्रोत नहुँदा घरभाडा दिन मुस्किल परेको व्यवसायीको गुनासो छ ।

सीमा क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दालाई रसुवा (केरूङ) आवतजावतमा सहज पार्न जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गरेको सीमा परिचयपत्रको आधारमा यहाँका व्यवसायीले केरूङमा होटल तथा खुद्रा व्यापार गर्दै आएको नेपाल चीन केरूङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङले बताए । व्यवसायीलाई परेको समस्या समाधान गर्न आफ्नो संस्थाले समन्वयकारी भूमिका निर्वाह गरिएको उनले जानकारी दिए ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top