धरानमा प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप

२२ माघ, धरान । धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य छ ।

सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिइएको पनि उनले बताए ।

Advertisement

धरानमा अहिले सार्वजनिक सवारी साधन पनि बन्द रहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top