विराटनगरमा आमहड्तालको आंशिक प्रभाव , बन्दकर्ता तोडफोडमा उत्रिए

२२ माघ, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव विराटनगरमा पनि परेको छ। आम हड्तालका कारण विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बन्दकर्ताले केही सवारी साधनमा समेत तोडफोड गरेका छन् ।

Advertisement

बिहीबार मध्यान्नसम्म बन्द गराउदै हिडेका आधा दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको मोरङ प्रशासनले जनाएको छ । बन्दकर्ताहरुले स्थानीय जनआन्दोलन चोक र महानगर कार्यालयको अगाडि दुई चारचक्के गाडीमाथि तोडफोड गरेका छन् ।

विराटनगरका मुख्य चोक र सडकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन । केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।

Advertisement

सडकमा सार्वजनिक यातायातका साधनहरु चलेका छैनन् भने निजी सवारी साधनमा मोटरसाइकल, साइकल र रिक्साहरु भने चलेका छन् ।

बजारक्षेत्रमा रहेका पसलहरु आंशिक बन्द भएपनि भित्रि सडकमा रहेका खाध्यान्न लगायतका पसलहरु भने खुलेका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि आकस्मिकरुपमा हड्ताल घोषणा गरेको प्रचण्ड–माधव समूहले जनाएको छ ।

शुक्रबार केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागि बाहिरी जिल्लाबाट आउने कार्यकर्ता रोक्नका लागिसमेत हड्ताल गरिएको हुन सक्ने विश्लेषण गरिएको छ।

देशभर हड्ताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव समूहका नेता कार्यकताहरुलाई विभिन्न जिल्लामा पक्राउ गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top