×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

दाहाल गाडीमा र नेपाल स्कुटरमा चढेर बन्दमा सहभागी हुन पुगे

२२ माघ, काठमाडौँ । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ।

बिहिबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधनबाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः छन्।

Advertisement
Advertisement

छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधन सञ्चालन भएका छन्। चारपाङग्रे सवारी साधनभन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन्। खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन्। बन्द आव्हानकर्ताले बिहानैदेखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रर्दशन गर्दै आएका छन्।

बन्द सफल पार्न भन्दै शीर्ष नेताहरू नै सडकमा ओर्लिएका छन्। नेता पुष्पकमल दाहाल पुल्चोकमा पुगेर आन्दोलनमा सहभागी भएका थिए भने अर्का अध्यक्ष माधव नेपाल स्कुटर चढेर कोटेश्वर क्षेत्रको अवलोकन गरेर फर्किएका छन्।

देशव्यापी आमहड्ताल आव्हान गरेका दाहाल आफैंले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए। गाडीबाट ओर्लिएर दाहाल पुलचोकको बीचसडकमा केही समय पलेटी कसेर बसेर चाउचाउ र चिउरा लिएका थिए।

त्यसपछि उठेर फेरि गाडी चढेर उनी जावलाखेल तर्फ लागे। गाडी चढेर कार्यक्रमस्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए। उनीसँगै नेतृ पम्फा भुसाललगायतका नेता कार्यकर्ता सहभागी थिए।

बिहानै प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताले विभिन्न स्थानबाट जुलुससहित प्रदर्शन गरेका थिए।

चावहिल चोकबाट बिहान प्रहरीले कृष्ण केसीलगायतका नेता कार्यकर्ता नियन्त्रणमा लिएको छ।

यसै क्रममा प्रहरीले विभिन्न स्थानबाट दर्जनौ बन्द आव्हानकर्ताहरुलाई नियन्त्रणमा लिएको छ।

हामहड्ताल सफल बनाउन प्रचण्ड(नेपाल समूहले काठमाडौंका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए।

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरूङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र वर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोक को कमाण्डरको जिम्मेवारी दिईएको थियो।

Advertisement

उनीहरुकै नेतृत्वमा कार्यकर्ताहरु बन्द सफल बनाउन सडकमा निस्किएका थिए।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top