आमहड्तालमा प्रचण्ड गाडी चढेर सडकमा गएर बसे (तस्बिरसहित)

२२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाण्डौमा पनि परेको छ ।

विहिबार विहानै देखि काठमाण्डौ, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्राय बनेका छन् । छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधनहरु सञ्चालन भएका छन् ।

Advertisement

चारपाङग्रे सवारी साधन भन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन् ।

खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन् । बन्द आव्हानकर्ताहरुले बिहानै देखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रर्दशन गर्दै आएका छन् ।

बन्द सफल पार्न भन्दै शिर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । नेता पुष्पकमल दाहाल नै सडकमा आएका थिए ।

देशव्यापी आमहड्ताल आव्हान गरेका दाहाल आफैले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुल्चोक पुगेका थिए ।

गाडीबाट ओर्लिएर दाहाल पुल्चोकको बीच सडकमा केही समय पलेटी कसेर बसेका थिए। त्यसपछि उठेर फेरी गाडी चढेर उनी जावलाखेल तर्फ लालेका थिए ।

गाडी चढेर कार्यक्रम स्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसंगै नेतृ पम्फा भुसाल लगायतका नेता कार्यकर्ताहरु पनि सहभागी थिए ।

बिहानै प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताहरुले विभिन्न स्थानबाट जुलुस सहित प्रदर्शन गरेका थिए । चावहिल चोक बाट बिहान प्रहरीले कृष्ण केसी लगायतका नेता कार्यकर्ताहरु नियन्त्रणमा लिएको छ ।

यसै क्रममा प्रहरीले विभिन्न स्थानबाट दर्जनौ बन्द आव्हानकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । हामहड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाण्डौका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए ।

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोक को कमाण्डरको जिम्मेवारी दिईएको थियो । उनीहरुकै नेतृत्वमा कार्यकर्ताहरु बन्द सफल बनाउन सडकमा निस्किएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top