जनकपुरधाममा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप, नेता झा घाइते

२२ माघ, जनकपुर । जनकपुरधाममा प्रचण्ड माधव समूहले आह्वान गरेको आमहड्तालको अवज्ञा गरेको भन्दै बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

प्रहरीसँगको झडपमा परी नेकपा प्रचण्ड- नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएका छन् ।

बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले अवरोध सृजना गरेपछि झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन् ।

उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए। नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यता प्रहरीले दाहाल-नेपाल समूहका दर्जनौं कार्यकर्तालाई पक्राउ समेत गरेको छ। दाहाल नेपाल समूहका कार्यकर्ताहरूले प्रहरीको भ्यान र मालसमान ढुवानी गर्ने गाडीमा समेत तोडफोड गरेका छन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top