बर्दिबासमा प्रहरी र प्रदर्शकारीबीच झडप, प्रहरीले बल प्रयोग गरेर खुलायो पूर्वपश्चिम राजमार्ग

२२ माघ, महोत्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।

महोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर राजमार्ग आशिंक रुपमा खुलाएको हो ।

राजमार्गमा धर्ना बसेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको थियो ।

बिहानैदेखि प्रचण्ड-माधव समूहका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा राजमार्ग बन्द गर्नुका साथै प्रदर्शन समेत गरेका थिए । प्रहरीले स्कटिङ गरेर गन्तव्यतर्फ सवारीसाधनलाई पठाइरहेका छन् ।प्रदर्शाकारीहरुले राजमार्गमा बसेर नाराबाजी गरिरहेका छन् ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झड्पमा प्रचण्ड-माधव समूहका शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउको चोट लागेको छ । वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।

बर्दिबास बन्द गराउन नपाइने भन्दै राजाबादी समर्थन र केपी समूहका कार्यकर्ताहरुले नाराबाजी गर्दै बन्द सडक खुलाउन प्रहरीलाई दबाब दिँदै प्रदर्शन गरेका थिए ।

प्रचण्ड-माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव महोत्तरीमा समेत परेको छ । आमहड्तालका कारण यस क्षेत्रका बजार, कलकरखाना, शैक्षिक संस्थाहरु बिहानैदेखि बन्द छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top