पहिलो चरणमा लक्ष्यभन्दा आधा कमले लगाए कोरोना खोप

२५ माघ, काठमाडौँ । सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो । तर सो अवधिमा १ लाख ७१ हजारले मात्र खोप लगाएपछि मन्त्रालयले पहिलो चरणको अभियानमा एक दिन थपेको थियो ।

खोप अभियानको अन्तिम दिन शनिवार साँझसम्ममा करीब २ लाखले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले दुई साताअघि भारतबाट सहयोग स्वरूप १० लाख डोज खोप प्राप्त गरेको थियो । अक्सफोर्ड र अस्त्राजेनेकाले विकास गरेको तथा भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो । नेपाल भित्रिएको तीन दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर खोप पठाउन शुरू गरेको थियो ।

बुधवारदेखि नै ३०० ओटा खोप केन्द्रबाट खोप लगाउने तयारी थियो । तर सबै केन्द्र खोपका लागि तयार गर्न नसकेपछि शुरूमा १२० केन्द्रबाट खोप अभियान शुरू गरिएको थियो । अभियानको अन्तिम दिनसम्ममा २०१ केन्द्र मात्र खोप भण्डारणका लागि तयार भएका थिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top