लकडाउनका कारण बढ्यो महिलामा पाठेघर क्यान्सरको समस्या

२५ माघ, काठमाडौंँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ ।

कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री तथा क्यान्सर रोग विशेषज्ञहरूले जनाएका छन् ।

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बन्दाबन्दीका कारण धेरै महिलामा पाठेघरको मुखको क्यान्सर भएको जानकारी दिइन् ।

“समयमा उपचार गरे क्यान्सरसम्म पुग्नुपर्ने अवस्था थिएन,” उनले भनिन्, “सामान्य लक्षण देखिएकाहरूमा पनि बन्दाबन्दीका कारण अहिले उपचारका लागि अस्पताल आउँदा रोग फैलिएर क्यान्सरसम्म भएको छ ।” आफूकहाँ आएका बिरामीमध्ये छ जनामा दुई जनालाई क्यान्सर भएको डा. सुवेदीले बताइन् ।

उनले पाठेघरको मुखको क्यान्सर अहिले ठूलै समस्याका रूपमा आएको हुनाले यससम्बन्धी जनचेतनाको आवश्यकता आँैल्याइन् ।

यता धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ सुनिला शाक्यले बन्दाबन्दीका कारण पाठेघरका क्यान्सर रोगी बढेको तर यकिन तथ्याङ्क भने नभएको जानकारी दिइन् ।

उनले बन्दाबन्दी खुकुलो भएपछि अस्पतालमा आएका बिरामीलाई क्यान्सरको लक्षणले छोइसकेको जानकारी दिइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top