भारतको चमोलीमा हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी, डेढ सय जना बेपत्ता

२५ माघ, एजेन्सी । भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको छ।

Advertisement

भारतीय समाचार संस्था एएनआइका अनुसार आइतबार चमोलीको हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको हो।

बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा पनि असर गरेको छ। त्यहाँको ड्याम पनि फुटेको एएनआइले जनाएको छ।

Advertisement

बाढी आएपछि प्रभावित क्षेत्रका मानिसहरूको खोजी तथा उद्दार कार्य अघि बढाइसकेको छ । अधिकारीहरूले हरिद्वारसम्मको जिल्लाका मानिसहरूलाई सचेत गराएको छ ।

इन्डो(टिवेटियन बोर्डर पुलिसका सयौं अधिकारीलाई राइनी गाउँमा खटाइएको छ। बाढी पसेको त्यस गाउँको नदी छेउका घरहरू बगाएको र केहीले ज्यानसमेत गुमाएको हुनसक्ने आशंका गरिएको छ।

Advertisement

ऋषिगंगा पावर प्रोजेक्टमा काम गरिरहेका १ सय ५० जना भन्दा बढीलाई बाढीले असर गरेको स्टेट डिजास्टर रेस्पोन्स फोर्सका डिआइजी रिधिम अग्रवालले बताए।

समाचार संस्था एएनआईले चमोली जिल्लाका एक सयदेखि एक सय ५० जनाको मृत्यु भएको आशंका गरिएको जनाएको छ।

चमोली जिल्लाका म्याजिस्ट्रेट स्वाती एस भदौरियाले धौलिगंगा नदी छेउ बस्नेलाई अन्तै लग्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

राइनी गाउँ नजिकै हिमपहिरो गएपछि धौलीगंगा नदीमा पानीको सतह बढेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top