२५ माघ, विराटनगर । नेपालमा आज थप १ सय १९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ सय ६० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ९ सय २५ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।
कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०३८ रहेको छ ।
देशभर आज सक्रिय संक्रमितको संख्या दिनँहु सवो घटिरहेको छ । आज १ हजार ८ सय १५ जना सक्रिय अर्थात आइसोलेसमा रहँदा क्वारेन्टिनमा जम्मा ९२ जना मात्र छन् ।