केटु हिमाल आरोहीलाई नगर परिक्रमासहित अभिनन्दन

२६ माघ ७७, मंगलबार

२७ माघ, पाेखरा ।

हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई साेमबार पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ ।

सो टोलीलाई बाजागाजासहित पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायत पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले पुष्पगुच्छा र खादासहित स्वागत गर्नुभएको थियो । आरोहीलाई विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, न्युरोड र सृजनाचोक हल्लनचोक परिक्रमा गरेर स्थानीय रिसोर्टमा सम्मान गरिएको थियो ।

Advertisement

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सामूहिक भावनामा विश्वास गरे सफल हुन सकिन्छ भन्ने सन्देश कीर्तिमानी आरोहीले दिन सफल भएको बताए । “हामी धेरैले सिक्नुपर्छ । आरोहीबाट व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक भावना विश्वास गर्न सके व्यक्तिले होइन देशले जित्छ, देशले जिते सबै नेपालीले जित्छन् भन्ने सन्देश मिलेको छ ।”, जिसीले भने । उनले हिमाल आरोहीले सच्चा नेपालीको पहिचान र परिचयलाई विश्वको इतिहासमा लेखाउन सफल भएको जनाउँदै सबै नेपालीले यसमा गर्व गरेको बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आरोहीको आँट, साहस र सामूहिक भावनाले देशलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन सफल भएको धारणा राखे । उनले यस्ता गतिविधिले नेपालको पर्वतीय पर्यटनलाई विश्व बजारमा पु¥याउन सफल हुने र पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गरे । परिषद्का अध्यक्ष भट्टराईले विश्वमाझ नेपाललाई चिनाउन सफल कीर्तिमानी आरोहीहरुको साहसिक कदम र सामूहिक भावनाले नेपालीको शिरलाई निकै उचो बनाएको बताए ।

Advertisement

उनले देशले यस्ता ‘आइकन’हरुलाई उच्च सम्मान गर्न आवश्यक रहेको बताए । कोभिड–१९ को असरले पर्यटन क्षेत्रमा शिथिल बनेको अवस्थामा आरोहीले विश्वजगत्मा एक प्रकारको तरङ्ग ल्याएर नेपाल र नेपालीलाई चिनाउन सफल भएको उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले विश्वमा नेपाल हिमालले चिनिएको देश भएकाले निकै जोखिम मानिने केटु हिमालको सफल आरोहरणले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली एकअर्कालाई साथ र सहयोग गरेर जुट्न सक्छन् र एउटै उद्देश्यमा गोलबद्ध भएर लक्ष्य हासिल गर्न सक्छन् भन्ने सन्देश आरोहीले दिन सफल भएको बताए ।

कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले ‘किलर माउन्टेन’ भनेर चिनिने केटु हिमालको सफल आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए । उनले “हामी जुट्यौं भने सफल भइन्छ भन्ने सन्देश दिन सफल साहसी नायकहरु ‘नेपाली डाइमन्ड’ भएको सङ्ज्ञा दिँदै आज विश्वले खोजिरहेको बताए ।

सगरमाथा उचाइ मापन आरोहण दलका संयोजक खिमलाल गौतमले हिमाल चढ्नु आफैँमा कठिन कार्य र त्यसमाथि हिउँदको समयमा केटु हिमाल आरोहरण गर्नु मृत्युसँग जिस्कन पुगे जस्तै भएको बताए ।

“हिउँदको समयमा चढेर इतिहास लेखाउन धेरैले चाहेका थिए तर त्यो नाम लेखाउन नेपालीले मात्रै सके यो निकै गर्विलो पल हो”, गौतमले भने, “हिउँदको समयमा केटुको शिखरमा सामूहिक भावनाको सन्देशसहित नेपालको झण्डा फहराउने कार्य इतिहासमा कहिल्यै मेटिन सक्ने छैन ।”

प्यासिफिक एसिया ट्राभल एशोसिएशन इन्टरनेशनल (पाटा)का महासचिव सुमन पाण्डेले आरोहीले नेपाली हर कुनै कार्यमा सफल हुन सक्छन् भन्ने सन्देश विश्वमा दिन सफल भएको बताए । कोभिड–१९ का कारणले शिथिल बनेको अवस्थामा कीर्तिमानी आरोहीको नागरिक अभिनन्दनले पोखरा सुरक्षित छ भन्ने सन्देशसमेत दिन सफल भएको उनको भनाइ थियो ।

सम्मानपश्चात् केटु हिमाल आरोही दलका निर्मल पुर्जाले ‘मभन्दा माथि उठेर हामी’ भन्ने भावना राख्न सके जुनसुकै कुरामा पनि सफलता हासिल गर्न सकिने बताए ।

“मैले चाहेको भए पहिलो पाइला चुचुरोमा राख्न सक्थे, तर मैले त्यो स्वार्थ त्यागेँ, हामी बीचमा भेट भयो र सामूहिक भावना लिएर सँगै चुचुरोमा पाइला राख्ने निधो ग¥यौँ, यसले हामीलाई ‘मबाट माथि उठाएर हामी’ भन्ने भावना पु¥यायो । यही सन्देश हामी सबैलाई दिन चाहन्छु ।”
सोही अवसरमा नेपाल पर्वतारोहरण सङ्घ गण्डकी प्रदेशको आयोजनामा गरिएको धम्पुस पिक (थापा पिक ६०१९) आरोहण कार्यक्रममा गण्डकी प्रदेशका छ जना आरोहीले सफलतापूर्वक आरोहण गरेकाले आरोहीहरु टासी पासाङ, मन गुरुङ, सनकुमार जुग्जाली, दीपेशबाबु सुवेदी, सुदीप गौतम र हिराकुमारी मल्ल रहनुलाई पनि सम्मान गरिएको थियो । सआरोही हिराकुमारी मल्लले धम्पुस पिक आरोहरण गर्दाका अनुभव राखिन् ।

पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) नेपालका दस जना पर्वतारोहीले हिउँदको समयमा माघ ३ गते आरोहण गरेर इतिहास रचेका थिए । हिमाल आरोहरण गर्ने निर्मल पुर्जाको आरोहरण दलका नेपालीहरु मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेञ्जिङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहरणबाट सोना शेर्पाले सफल आरोहरण गर्न सफल भएका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top