२७ माघ, विराटनगर । नेपालमा आज थप १ सय ६० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ६५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार २ सय १५ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ ।
कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०४७ रहेको छ ।
देशभर आज सक्रिय संक्रमितको संख्या दिनँहु सवो घटिरहेको छ । आज १ हजार ७ सय ३७ जना सक्रिय अर्थात आइसोलेसमा रहँदा क्वारेन्टिनमा जम्मा ८७ जना मात्र छन् ।