कर्मचारी सरुवामा नयाँ मापदण्ड : पायक पर्ने स्थानमा सरुवा हुन सक्ने

सरकारले कर्मचारीलाई पायक पर्ने स्थानमा सरुवा हुन सक्ने गरी नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । कर्मचारी समायोजनका क्रममा अपायक स्थानमा समायोजन भएका कर्मचारीलाई सहजीकरण गर्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन/मिलानसम्बन्धी मापदण्ड माघको दोस्रो सातादेखि कार्यान्वयनमा ल्याएको हो ।

मन्त्रालयले उक्त मापदण्ड कार्यान्वयनमा ल्याएसँगै मन्त्रालयमा अनलाइनमार्फत १५० जना कर्मचारीले समायोजन मिलानसम्बन्धी निवेदन दिएको मन्त्रालयले जनाएको छ । सरकारले दुई वर्षअघि ८२ हजार जना कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा समायोजन गरेको थियो । त्यस समायोजनका क्रममा घर पायक नभएका, आफूले रोजेको कार्यालयमा काम गर्न नपाएका, व्यक्तिगत र पारिवारिक रूपमा समस्यामा परेका कर्मचारीलाई सहजीकरण गर्ने गरी मन्त्रालयले मापदण्ड कार्यान्वयनमा ल्याएको मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार समायोजन मिलान गर्दा सङ्घबाट प्रदेश वा स्थानीय तहमा, एक प्रदेशबाट अर्को प्रदेशमा, प्रदेशबाट स्थानीय तहमा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन हुन सक्ने गरी मापदण्ड निर्माण गरी कार्यान्वयनमा ल्याएको हो । “कर्मचारी समायोजन मिलान गर्दा आउने र जाने तहबीच दोहोरो सहमति हुुनुपर्छ”, अर्यालले भने, “एउटा तहको मात्र सहमतिमा कर्मचारी समायोजन मिलान हुँदैन ।” समायोजन मिलान गर्दा स्थानीय तहबाट प्रदेश र सङ्घमा जान पाइने छैन तर सङ्घ र प्रदेशबाट स्थानीय तहमा जान समायोजन मिलान गर्न सकिने व्यवस्था गरिएको छ ।

Advertisement

कर्मचारी समायोजन मिलान गर्न कर्मचारीको न्यूनतम सेवा अवधि तीन वर्ष हुुनुपर्ने व्यवस्था गरिएको छ । कर्मचारी समायोजन भइसकेपछि बढुवा भएका, समायोजनपछिका नयाँ विज्ञापनमा सिफारिस भई प्रदेश तथा स्थानीय तहमा नियुक्ति पाएका र मूल समायोजनपछि दुई पटकसम्म समायोजन संशोधन भएका कर्मचारीको समायोजन हुन नसक्ने व्यवस्था गरिएको छ ।,आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top