कोसी नहर : भारतले छोडेन पानी, किसानलाई हिउँदे बाली लगाउन समस्या

गहुँको मौसममा नहरमा पानी नदिँदा किसानलाई हिउँदे बाली लगाउन समस्या भएको छ । सप्तरीको चन्द्र र कोसी पश्चिमी नहरमा पानी नछोड्दा किसानलाई बालीमा लगाउन समस्या भएको हो । खेतमा लगाएको गहुँबाली पानी अभावले डढ्दै गएको छ ।

यस वर्ष हिउँदे वर्षा नभएकाले गहुँ खेतीमा पानी लगाउन नपाएर किसान पीडित भएका छन् । नेपाल र भारत दुवैतर्फको किसानलाई सिँचाइमा सुविधा पु-याउने उद्देश्यले कोसी ब्यारेजबाट पूर्वी र पश्चिमी कोसी गरी दुईवटा नहर छन् । भारततर्फ जाने पूर्वी नहरमा पानी छोडिएको छ र नेपालतर्फ रहेको पश्चिमी नहरमा पानी नछोडिएको कारण सप्तरीका किसानलाई मार्का परेको हो ।

ब्यारेजदेखि सप्तरीको डाक्नेश्वरी नगरपालिका– ६, कटैयासम्मको ३२ किलोमिटर नेपाली भूमि हुँदै यो नहर भारत छिरेको छ । नेपालतर्फको ३२ किलोमिटरको यो भूमिमा सयौँ किसानले हजारौँ बिघा जग्गामा अन्नबाली लगाउने गर्छन् । योसँग जोडिएका १२ वटा छोटी नहर पनि छन् । छोटी नहरमार्फत केही टाढाका किसान पनि सिँचाइबाट लाभान्वित हुने गर्छन् । पूर्वी नहरमा हालिएको पानीबाट नेपालीलाई कुनै फाइदा छैन ।

Advertisement

यो नहर झन्डै एक किलोमिटर नेपाली भूमिमा छ भने बाँकी सबै भारतीय भूमिमा छ । नेपालको एक किलोमिटर क्षेत्रमा खेतीयोग्य जमिन नै छैन । यो नहरको पानीले भारतीय किसानले मात्रै सिँचाइ गर्ने गर्छन् ।भारतले कोसी पश्चिमी नहरमा पानी नछाड्दा सिँचाइ गर्न समस्या भएको डाक्नेश्वरी नगरपालिका– ४ का किसान चन्दन साहले बताउनुभयो । प्रत्येक वर्ष यही नहरबाट गहुँ बालीमा पानी हाल्दै आएको तर यस वर्ष पानी नदिँदा समस्या भएको उनले बताए ।, आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top