२८ माघ,पर्वत ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने बताएका छन् ।
पर्वतको महाशीला गाउँपालिकामा आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्ग अन्तर्गत मिलनचोक–सुभद्रखर्क खण्डको शिलान्यास गर्दै उनले अदालतको निर्णय सबैले मान्नु पर्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले संसद विघटनका बारेमा अहिले सर्वोच्च अदालतमा बहस भैरहेकाले बोल्नु उचित नहुने पनि बताएका छन् ।
उनले संविधानले सवै अधिकार नागरिकलाई दिएकाले यसको रक्षा र संविधानले दिएका अधिकारहरुको उपभोगका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए।
उनले पर्वतका वडा तहसम्म कालोपत्रे बाटो पु¥याउनेगरी काम भैरहेको पनि बताए ।
अहिलेपनि जिल्लाका सवै स्थानीय तहमा सडक लगायतका पूर्वाधारको काम तीब्र गतिमा भैरहेको बताउँदै तिमिल्सिनाले अबको दुई वर्षभित्रमा वडा तहसम्म पनि कालोपत्रे सडकको पहुँच पुग्ने बताए ।